eNepal

उर्लाबारी परिवार मेल्बोर्नद्वारा मंगलवारेको एक क्लव र फुडबैंकलाई एकलाख रुपयाँ सहयोग

साबिक उर्लाबारी निवासी हाल मेल्बोर्नमा बसोबास गर्दै आउनु भएका नेपालीहरूको समुहले मंगलवारे स्थित मंगलवारे युवा क्लब लाई रू पचास हजार नगद उपलब्ध गराएका छ। त्यस्तै उर्लाबारी स्थित नारी संकल्पको अगुवाईमा संचालित फुडबैंकलाई रू पचास हजार तिन सय साठ्ठी नगद सहयोग गरेको छ।

कोभिड-१९ को बिश्वब्यापी प्रकोपबाट सबै राष्ट्रहरू प्रभावित भएका छन्। यस्तो परिस्थितिमा मातृभूमि नेपाल पनि महिनौबाट लकडाउनको भुमरीबाट गुज्री रहेको बेला निम्न आयश्रोत भएका दिनदुखीहरूको अबस्था दयनीय बन्दै गइ रहेको अवस्थामा थोरै भएपनि राहत होस् भन्ने हेतुले हाल अष्ट्रेलियाको मेलबर्न शहरमा बसोबास गर्नु हुने उर्लाबारी परिवार मेलबर्नका सदस्यहरू सहयोग जुटाईएको हो।

यस सामाजिक कार्यमा उर्लाबारी मेल्बोर्न परिवारका सदैव सामाजिक कार्यमा आफुहरू लाई अग्रपंक्ती राख्नु हुने बम योन्जन, डम्बरी योन्जन, सचिन योन्जन, सलिमा योन्जन, नम्रता सुब्बा, सुरेश श्रेष्ठ, सुजाता श्रेष्ठ, मनिस राई, गोपाल गुरूङ, रेवत सुबेदी र महेन्द्र कार्कीले सहयोग गर्नु भएको थियो।

उर्लाबारी परिवार मेलबर्नको स्थापना ५/७ बर्ष अघी भएको हो।यो एउटा पारीवारिक संस्था हो जसले उर्लाबारी स्थित श्री राधिका नमुना माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अबसरमा करिब ४ लाख रुपयाँको अक्षय कोष खडा गरेको छ। सो रकमबाट आउने ब्याजबाट बिधालयलाई भई परि आउने सहयोग एवं बिधार्थिहरूलाई स्रोतले भ्याए जति सहयोग गर्ने उदेश्य राखेको छ। 

उक्त कोषले राधिका नमुना माध्यामिक बिधालयबाट अध्ययन गरेका भुतपूर्ब बिधार्थीहरू जो जोखिम रोगबाट ग्रस्त र आर्थिक समस्या भएकालाई समेत सहयोग प्रदान गर्ने उदेश्य अनुरूप किडनी रोगबाट ग्रसित युबराज के.सीलाई करिब अठ्ठासी हजार सहयोग गरी सकेको छ।

यस पछि पनि फुडबैंकलाई भिन्ना भिन्नै गरेर एक लाख तिन सय साठ्ठी रुपयाँ सहयोग गरि सकेको उर्लाबारी परिवार मेल्बोर्नका संयोजक महेन्द्र कार्कीले जानकारी गराउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal