eNepal

१०० जना भन्दा बढीलाई फार्ममा काम लगाएको छु

हामी सबैलाई थाहा नै छ कोभिड १९ को आगमनसँगै विश्व मानब जगतलाई नै यसले ठुलो हलचल पैदा गर्यो ।  संसारका मै हु भन्ने शक्तिशाली राष्ट्रहरुलाई पनि हम्मे हम्मे परेको अहिलेको अवस्थामा हामी स्वदेश तथा बिदेशमा रहने सबै नेपालीहरु पनि यसबाट अछुतो रहन सकेनौ। अझ भनौ बिशेसगरी बिदेशमा काम तथा पढाई गर्नुहुने हरुका लागि त झन् ठुलो आपत्ति नै आइलाग्यो। 

नेपालको तेह्रथम जिल्लामा जन्मिएर बिभिन्न आरोह अबरोह पार गर्दै सन् २००८ मा अन्तरास्ट्रिय बिधार्थीका रुपमा मेल्बोर्न आएका विजय कटुवाल हाल अस्ट्रेलीयाको नेपाली समुदायमा धेरैले सुनेको एउटा नाम हो। समुदायमा कसैलाई गार्हो सार्हो पर्दा होस या दुख पर्दा होस अष्ट्रेलिया देखी नेपालसम्म समाज सेवामा सदैब अग्रसर हुँदै सेवा गर्न तत्पर विजय कटुवालले हाल सम्म धेरै नेपालीहरुलाई अस्ट्रेलीयामा काम खोजी दिने देखि लिएर विभिन्न समस्याहरुमा सहयोग गरेका छन्। त्यसको एक उदहारण म आफै पनि एक हु। कुनैबेला विजयले मलाई पनि सहयोग गर्नु भएको थियो। आफु अस्ट्रेलिया आएको  बेलाका दिन सम्झिदा  धेरै नै दुख पिडा र संघर्ष गरेको तितो अनुभव अझै ताजै लाग्छ विजयलाई। बिरानो देश फरक रहनसहनमा आफुले भोगेको बिगतका दिनहरुलाई सम्झेर अरु नेपालीलाई दुख पर्दा आफुलाई परेको दुख जस्तै सम्झिएर सहयोग गरिरहेका छन्।

कोभिड १९ को सुरुवाती दिनहरुमा विद्यार्थी हरुलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने अभिप्रायले बिजयले एक अभियान स्वोरुप ८ जना बिधार्थी आफुले जिम्मा लिएर कोभिड १९ को अन्त्य सम्म उनीहरुको आधारभुत आवस्यक ग्रोसरीजको व्यवस्था फेसबुक मार्फत घोषणा गरेका थिए। अहिले पनि त्यो कमिटमेन्ट यथावत रहेको र ती मध्ये केहि फार्ममा काम गर्न गएकोले त्यो ग्रोसरिजको भार अलिकति कम भएको बताए। यसै बिचमा विजयले अस्ट्रेलियाको विभिन्न स्टेटहरु क्विन्सल्याण्ड , न्युसाउथवेल्स र भिक्टोरीयाको फार्मिंग एरियामा फार्मर, कनट्रयाक्टर र जब प्रोभाइड गर्ने ब्याक प्याकर्स/ होस्टेलहरुमा फोन गरेर   काम भए नभएको सोधीखोजी गरि १०० जना भन्दा बढी बिद्यार्थीहरुलाई कामको लागि हेल्प गरेको इनेपालसंगको कुराकानीमा बताए। उनले क्विन्सलयाण्डबाट १ हप्ताको अवधिमा ३ वोटा मिनी बस फार्मबाट झिकाई  ब्रिस्बनको घर घरबाट मान्छे पिक् अप गरि फार्ममा पठाएको र त्यो सबै मेल्बोर्नबाट फोनको भरमा सबै एक्लैले गर्दा एकदमै गार्हो भएको कुरा पनि बताए। कामको लागि फार्ममा बुझ्ने देखी बस्ने ठाउँ र कामको लागि यातायात व्यवस्थाको समेत जोहो गरि दिएर धेरैलाई कामको ब्यबस्था गरि दिएको बताए। 

फार्ममा काम गर्न जाँदा ध्यान दिन पर्ने कुराहरु देखी सबैलाई फोनबाट एक एक गरि परामर्ष दिनु अत्यन्तै गार्हो भएको कुरा पनि बताए। समुदायका केहि अग्रजहरुले आफु जिम्मेवारीबाट हटी मेरो मोबाएल नम्बर दिएर काम र खानुको लागि केहि बिद्यार्थीहरुलाई विजयलाई सम्पर्क गर्नु भनेर पनि भनेको सुनाए। 

आजकल मान्छेले गरेको सहयोग र गुन चाँडै बिर्सने यवाहरुको जमात पनि कम छैन हाम्रो नेपाली समुदायमा , कसैले लगाएको सानो गुणले तपाईको जिन्दगीमा कति ठुलो प्रभाव पारेको हुन्छ तर त्यो कुरा बिर्सिएर आफै ठुलो हुने , म भन्दा जान्ने सुन्ने कोही छैन भन्ने प्रकारको रबाफ दिने मानिसको पनि कमि छैन यहाँ। 

मैले सबै व्यवस्था गरेर फार्ममा पुर्याए पछि पनि केहि अफ्टेरोको कारण काम गर्नु नसकेर, भनेको जस्तो काम भएन भनेर कतिले धम्कीपूर्ण मेसेज पठाएको र उनीहरु फर्किदा पैसा नदिएमा फेसबुकमा फोटो राखेर बेइज्यत गर्छु भनेर धम्क्याएको पनि बताए। उनले आफ्नो खल्तीबाट उनीहरुको खर्च भएको पैसा समेत दिएको बताए।  

फार्ममा काम लगाए बापत कमिसन खायो भनेर पनि हल्ला गर्नेहरु भेटिए तर त्यो कुराको खण्डन गर्दै यस्तो निच र घटिया काम कदापी नभएको भन्दै त्यस्ता बिचौलीया जो आफु पनि केही नगर्ने र अरुले केही सामाजीक कार्य गरेको देखि नसहनेहरु देख्दा दुख लाग्ने गरेको छ। कसैको दुखमा सहयात्री बन्नु पाउदा आफूलाई खुसी लाग्ने विजयले दुख के हो अनि संघर्ष कस्तो हुन्छ भन्ने कुरा नजिकबाट बुझेको बताए। 

जीवनमा यी सबै काम पैसा कमाउने हेतुले होइन  स्वईच्छाले भित्रि मन देखि गरेको र यसैबाट आनन्द पनि मिलेको बताउछन  ।उनी भन्छन् यदि कसैले आफ्नो व्यक्तिगत फाइदा वा ब्यबसायिक प्रबद्दनको लागि कसलाई सहयोग गर्छ भने त्यो सामाजिक सेवा कदापी हुन सक्दैन र त्यसले आनन्द पनि मिल्दैन । समाज सेवा भनेको निस्वार्थ हुनु पर्दछ। 

बिदेशको जिवन कहाँ पो सहज हुन्छ र।विरानो शहरमा जस्तो भए पनि काम गर्छु भन्दा खोज्दिने मान्छे भेटिदैन । बिदेशमा आफ्नो परिवारको समय कटौती गरेर कसैले निस्वार्थ सहयोग गर्छ भने उसलाई हौसला गर्ने हो खुट्टा तान्ने होइन। यहाँ  मान्छेहरुलाई कसको मत्लव हुन्छ र आफ्नो मात्र सुख र खुसि हेर्दा पनि त हुन्थ्यो नि तर आफ्नो समय खर्चेर निस्वार्थ कसैलाई सहयोग गर्नु पनि एकदमै चुनौतिपूर्ण छ हाम्रो समुदायमा। विजयले इनेपाल लाई भने अहिलेको करेन्ट समय मेरो आफ्नै पनि धेरै समस्या रहेको छ तर पनि एउटा सामाजिक प्राणी भएको नाताले आफु मात्र खुसी भएर जिउनु र अरुको दुखमा टुलु टुलु हेर्नु अमानबिय कार्य हो भनि आफुले सकेको र बुझेको सहयोग गर्दै आएको हु अहिले धेरै बिद्यार्थीहरुले फार्मको काम कस्तो हुन्छ र अस्ट्रेलियामा प्रमुख फर्महरू कहाँ छन् भन्ने कुराको प्राय सबै बिद्यार्थीहरुले जानकारी भएको विजयको बुझाई छ। 

अस्ट्रेलियाको सुरुवाती  दिनहरुमा पिकर देखी प्याकिङ सेडमा काम गर्दै  सुपरभाईजर अनि कन्ट्राक्टर सम्म भएर फार्ममा काम गर्दा उनको फार्मका साहु देखी फार्म कन्ट्राक्टर सबैसँग राम्रो सम्बन्ध रह्यो जसको कारण आज पनि कामदार चाहिएमा उनलाई सम्झने गरेका छन्। अरुले कामको सूचना दिएर होइन विजय आफैले काम खोजेर १०० प्लस विद्यार्थीहरुलाई काममा लगाएको र यो ३/४ महिनाको अवधिमा लगभग १००० जना भन्दा बढी विद्यार्थीहरु संग फोन र मेसेजबाट नजिक रहेका बताए। धेरै जना साथीहरु अहिले पनि फार्ममा रहेको र रेगुलर कुरा हुँदा खुसि लाग्ने बताए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal