सुत्र सर्भिसेज एण्ड कन्सल्टीङ ग्रुप सन् २०१९ मा भिक्टोरीया राज्यको मेल्बोर्नमा स्थापना भएको कम्पनी हो। चारजना नेपालीहरु आत्मा रिजाल, फम थापा मगर, पिताम्बर कोइराला र राजन हुमागाई मिलेर अस्ट्रेलियाको मेलबर्नमा सुरु गरेको यस कम्पनीमा अहिले अन्य कामदारहरु पनि रहेका छन्। यस कम्पनीले अहिले Plumbing, Electrical, Concreting, Fencing, Landscaping, IT Services, Heating & Cooling, Decking लगायतका सेवाहरु दिदै आएको छ।
सुरुवाती दिनहरुमा यस कम्पनीले Epping, Lalor, Thomastown, Glenroy, Wollert, Fawkner, Craigieburn मा आफ्नो सेवाहरु दिदै आएता पनि अहिले आफ्नो सेवा क्षेत्रलाइ बढाउदै लगेको छ।
ईनेपाल सँग कुरा गर्दै Sutra Services का IT बिशेषज्ञ आत्मा रिजालले यस कम्पनीमा अस्ट्रेलीयन लाईसेन्स प्राप्त तथा दक्ष तथा अनुभबी कामदारहरु रहेको जानकारी दिनु भयो।
अहिले कोरोना माहामारीबाट मेल्बोर्नमा समस्यामा परेका बिद्यार्थीहरुलाइ यदि कुनै emergency repair & maintenance गर्नु परेमा Call Out Fee बिना Site Visit and Inspection गर्ने काम Sutra Services ले गरिरहेको छ।
मेलबर्नमा बढ्दो निर्माणक कामहरु अनि नेपाली समुदायले पनि पुराना तथा नयाँ suburbs मा घर किनी रहेको हुँदा आउदा दिनहरुमा अझ धेरै सेवा विस्तार गर्न सकिने कम्पनीका निर्देशक पिताम्बर कोइरालाले हामीसँगको कुराकानीमा बताउनु भयो साथै यस कम्पनीमा अन्य सेवाहरु पनि थपिने क्रममा रहेको जानकारी वहाँले दिनु भयो ।
यदि तपाईहरुलाई माथिका सेवा सुबिधा चाहिएमा ०४२४८०८९१२ (0424808912) या [email protected] मा ईमेल गर्न सक्नु हुनेछ।






