eNepal

आइसल्यान्डमाथि बेल्जियमले गरे गोलको बर्षा

काठमाडौं, भदौ २४

युइएफए नेसन्स लिग फुटबलमा बेल्जियमले फराकिलो जित दर्ता गरेको छ । गत राति भएको दोस्रो खेलमा उसले आफ्नो घरेलुमैदानमा पाहुना टोली आइसल्यान्डमाथि ५–१ को पुनरागमन जित निकालेको हो । बेल्जियमलाई जिताउन ५ जना खेलाडीले गोल गरे ।

बेल्जियले पछि परको अवस्था उल्टाएर फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा पाहुना टोली आइसल्यान्डका लागिहोल्मवर्ट फ्रिजोनसनले गोल गरेर घरेलु टोलीलाई पछि पारेका थिए । तर, त्यसपछि बेल्जियम खेलमा लगातार हाबी भयो ।

बेल्जियमका लागि खेलको १३औं मिनेटमा एक्सेल विस्टले गोल गरेर खेल बराबरी गरेका थिए । त्यससपछि १७औं र ६९औं मिनेटमामिके बात्सुयायीले गोल गर्दा ५०औं मिनेटमा ड्रिएज मार्टेन्सले गोल गरे भने ७९औं मिनेटमा जर्मी डोकुले गोल गरेर बेल्जियमलाई ५–१ कोजित दिलाए ।

यो जितपछि बेल्जियमले खेलेका दुवै खेल जितेर निकालेर ६ अंकसहित लिग ए–समूह ४ को शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड ४अंकसहित दोस्रो स्थानमा छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal