eNepal

उपत्यकामा लकडाउन खुकुलो बनाउन तिन जिल्लाका प्रमुखहरु बिच संवाद हुॅंदै

काठमाडौं । उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालेको छ । मंगलबार दिउँसो साढे २ बजेकाठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद हुँदैछ ।

कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबारमध्यराति सकिँदैछ ।तर अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा खुला गर्न नहुनेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीएकमत छन् । हालकै अवस्थामा निरन्तरता दिँदा पनि जनस्तरबाट विरोध हुनसक्ने प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ छ ।

गृह मन्त्रालयले पनि निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न भनेको छ । मंगलबारको संवादपछि निस्किने निष्कर्षबारेगृहसचिव महेश्वर न्यौपानेलगायतसँग छलफल गरेर उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुने स्रोतको भनाइ छ । काठमाडौंका प्रमुखजिल्ला अधिकारी जनकराज दाहालले अनलाइनखबरसँग भने, ‘हामी छलफलमा छौं, बुधबार मात्र निषेधाज्ञाबारे निर्णय हुनेछ ।’

के हुनसक्छ मोडालिटी ?

एक अधिकारीका अनुसार निषेधाज्ञाविरुद्ध जनस्तरमा आक्रोश पैदा हुन थालेको निष्कर्ष गृह प्रशासनको छ ।

त्यसैले मोडालिटी फेर्नुपर्ने अवस्था आएको छ । ‘स्वास्थ्य मन्त्रालय र प्रहरी प्रशासनको हिसाबले निषेधाज्ञालाई कडाइ गर्नुपर्छ भन्ने रायछ’, उनले अनलाइनखबरसँग भने, ‘तर ज्याला मजदुरी गरेर खानेहरुलाई बाँच्न गाह्रो पनि भएको छ । त्यसैले मुख्यतः आवश्यकता के होभनेर हेर्नुपर्ने अवस्था आएको छ ।’

स्रोतका अनुसार दुई वटा प्रस्ताव आएका छन् । पहिलो, एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुला गर्ने । दोस्रो, जोर–विजोरप्रणाली लागू गर्ने गरेर सवारी साधन पनि चल्न दिने । यद्यपि जोर–विजोर प्रणाली यसै हप्ता लागू गर्ने वा एक सातापछि भन्ने टुंगोलागिसकेको छैन । ४ भदौबाट जारी निषेधाज्ञाका कारण एक सातापछि संक्रमण दर पनि घट्दै जाने कतिपय प्रशासकको विश्लेषण छ। त्यसैले तत्काललाई उद्योग, कलकारखाना र पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्न दिनुपर्ने उनीहरुको धारणा छ ।

लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले संसदीय समितिमा भएको छलफलमा निषेधाज्ञालाई सजीकरण गर्ने तरदशैंसम्म लैजानुपर्ने सार्वजनिक धारणा व्यक्त गरेका थिए । यसमा अन्य प्रशासक भने सहमत छैनन् । बरु दशैंसम्म जोर–विजोरप्रणालीलाई लम्ब्याउनुपर्ने उनीहरुको धारणा छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal