eNepal

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम हुॅंदै ६३ प्रतिशत निर्माण कार्य सकियो

– राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६३ प्रतिशत निर्माण कार्य सकिएको छ । अहिलेसम्मविमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मर, ह्याङ्गर, लाइटिङका काम सकिएको हो । गाडी गुड्ने रोड, एक्सेसरोड र टर्मिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ । 

कार पार्किङको काम पनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिएको आयोजनाप्रमुख विनेश मुनाकर्मीले बताउनुभयो । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । 

अहिले दुई सय ३० चिनियाँ र एक सय २० जना नेपाली कामदारले दैनिक काम गरिरहेका छन् । विमानस्थलको काम तोकिएकोसमयभन्दा अगाडि नै सक्ने योजना भए पनि कोरोना महामारीका कारण असर परेको प्रमुख मुनाकर्मीको भनाइ छ । 

केही समय अगाडिसम्म सामान आउनै समस्या रहेको थियो । तर पछिल्लो समय सामान आइरहेको उहाँले बताउनुभयो । कोरोनामहामारीको कारण चिनियाँ कामदार नेपाल आउन समस्या भएको उहाँको भनाइ छ । ‘अन्तर्राष्ट्रिय उडान मात्र खुलेर भएन, उताकोभिसाको पक्रिया पनि मिलाउनुपर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘यसको लागि पनि हामीले प्रक्रिया अगाडि बढाएका छौँ ।’ 

चिनियाँ कामदार समयमै आउन पाउने हो भने तोकिएकै समयमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख मुनाकर्मीको भनाइ छ ।‘कामदार आउन ढिलाइ भयो भने केही पछाडि धकेलिन्छ, ढिलो नहोस् भनेर हामीले अहिले देखि नै प्रक्रिया अगाडि बढाएका छौँ’, उहाँलेभन्नुभयो । 

चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर यो विमानस्थल बनाउन सुरु गरिएको हो । विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० वात्यो सरहका जहाज आउजाउ गर्न सक्ने बताइएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमाबनिरहेको विमानस्थलको सन् २०२१ भित्र निर्माण सकेर उडान सुरु गर्ने लक्ष्य लिइएको छ । 

विमान अवतरणमा समस्या देखिने भएपछि विमानस्थलको दक्षिण–पूर्वी भागमा रहेको रिठ्ठेपानी डाँडा पनि कटानको काम चलिरहेकोअवस्थामा वर्षाले गर्दा त्यो काम रोकिएको मुनाकर्मीको भनाइ छ । त्यो डाँडामा सरकारी वनको रुखमा टाँचा लगाउने काम भइरहेकोलेकेही समयपछि त्यो काम पनि अगाडि बढ्ने मुनाकर्मीले जानकारी दिनुभयो । -एजेन्सी

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal