eNepal

१०० अन्तर्राष्ट्रिय गोलको पर्खाइमा रोनाल्डो :-के आज पुरा गर्लान्त ?

एजेन्सी- नेसन्स लिग फुटबलको दोस्रो संस्करण सुरु हुँदै गर्दा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो निकै उत्साहित थिए ।किनभने, उनी प्रतियोगिताको पहिलो खेलबाटै अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेर इतिहास रच्न चाहन्थे । तर, क्रोएसियाविरुद्धआफ्नै देशमा भएको पहिलो खेल उनले चोटका कारण खेल्न सकेनन् । खुट्टाको औंलामा संक्रमण देखिएपछि ३५ वर्षीय रोनाल्डोलाईप्रशिक्षक फर्नान्डो सान्तोषले खेलाएनन् ।

खेलपछि सान्तोषले रोनाल्डो क्रोएसियाविरुद्ध खेल्न तयार रहे पनि नयाँ सिजनको मुखमा थप जोखिम बढ्न नदिन आफूले नै सम्झाएरखेल्न नदिएको बताएका थिए । पहिलो खेल खेल्न नसकेपछि रोनाल्डोको १०० गोलको प्रतीक्षा ३ दिनपछि लम्बियो ।

भोलि (मंगलबार राति) पोर्चुगलले दोस्रो खेल स्वीडेनसँग उसकै भूखेल्दैछ । पोर्चुगिज टोली स्वीडेन पुगिसकेको छ । सो खेलमाकप्तान रोनाल्डो ठीकठाक खेल्ने करिब पक्का छ । क्रोएसियाविरुद्धको खेलपछि प्रशिक्षक सान्तोषले रोनाल्डो स्वीडेनविरुद्ध खेल्नेबताएका थिए ।

भोलि स्वीडनेविरुद्ध उत्रिँदा रोनाल्डोसँग १०० अन्तर्राष्ट्रिय गोलको लक्ष्य हुनेछ । उनले सो खेलमा मात्रै १ गोल गरे उनी फुटबल इतिहासमा१०० गोल गर्ने पहिलो र एक मात्रै सक्रिय खेलाडी बन्नेछन् भने समग्रमा दोस्रो । फुटबल इतिहासमा हालसम्म अन्तर्राष्ट्रिय खेलमासर्वाधिक गोलको रेकर्ड इरानका अली डेइका नाममा छ । उनले कूल १०९ गोल गरेका छन् । तर, उनी सन्यास लिइसकेका खेलाडी हुन् ।

हाल अन्तर्राष्ट्रिय फुटबलमा खेलिरहेका खेलाडीमधये सबैभन्दा बढी गोल रोनाल्डोकै नाममा ९९ गोल छ । त्यसपछि भारतका कप्तानसुनील क्षेत्रीका नाममा ७२ गोल छ । १०० गोल गर्ने सक्रिय खेलाडी बन्न रोनाल्डोलाई अब १ गोल चाहिन्छ भने अली डेईको १०९ गोलकोरेकर्ड भंग गरेर फुटबल इतिहासमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बन्न उनलाई मात्रै १० गोल आवश्यक छ ।

सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले हालसम्म राष्ट्रिय टिमका लागि ९९ गोल गरेका छन् । सोक्रममा उनलेकूल १६४ खेल खेलेका छन् । उनका ९९ गोलमध्ये ८२ गोल अफिसियल प्रतियोतिगामा गरेका छन् १७ गोल मैत्रीपूर्ण खेलमा गरेका गोलछन् । रोनाल्डो हालकै अवस्थामा पनि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै अफिसियल गोलकर्तामा रेकर्ड होल्डर खेलाडी हुन् । उनकोजति अफिसियल गोल अन्य कुनै खेलाडीले गरेका छैनन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal