eNepal

नेदरल्यण्ड्माथी इटालीको संघर्षपुर्ण जित

एजेन्सी – युईएफए नेसन्स लिगमा इटालीले नेदरल्यान्ड्समाथि कठिन जित हात पारेको छ । इटालीले नेदरल्यान्ड्सलाई उसकै मैदानमा१–० को झिनो जित हात पारेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा इटालीको जितमा पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो ।

योहान क्रुएप एरिना आम्सर्टडममा सोमबार राति भएको खेलको १२औं मिनेटमा निको बरेल्लाको प्रहार नेदरल्यान्ड्सका डिफेन्डर जोइलभेल्टम्यानलाई डिफ्लेक्ट हुदै पोस्ट नजिकैबाट बाहिरिदा इटाली अग्रता लिनबाट चुक्यो ।

३२औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले दुई डिफेन्डर जर्जियो चिलियनी र लियोनार्दाे बोनुचीलाई बिट गर्दै गरेको प्रहार फितलो बन्दागोलरक्षक जियानलुजी डोनररुम्माले सहजै नियन्त्रणमा लिए ।

३४औं मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेले हान्स हाटेबोइलाई बिट गर्दै २० यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ३८औंमिनेटमा सिरो इम्मोविले र इन्सिग्नेको समन्वय मिलेपनि इम्मोविलेको प्रहार फितलो बन्दा इटाली अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गोल गदै इटालीलाई १–० को अग्रता दिलाए । जर्गिन्हो र इन्सिग्नेको उत्कृष्टसमन्वयमा सिरो इम्मोविले पेनाल्टी बक्सभित्रबाटै मिलाइदिएको पासमा अनमार्क रहेका बरेल्लाले हेडरमार्फत फिनिस गरेका थिए ।

जितसँगै इटाली लिग ‘ए’ १ मा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित नेदरल्यान्ड्स ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। पोल्यान्डको पनि ३ अंक रहेपनि गोलअन्तरमा पछि छ । १ अंक जोडेको बोस्निया एन्ड हर्जगोभिना पुछारमा छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal