eNepal

ताईफु १० आउॅंदै जापानको दक्षिण-पश्चिम क्षेत्रमा आन्तरिक उडान देखि रेल सेवा र दर्जनौ सुपरमार्केटहरु बन्द

जापान । अत्यन्तै शक्तिशाली अनुमान गरिएको ताईफु १० (हाईशेन)को प्रभावका कारण ओकिनवा तथा क्युसु क्षेत्रका विभिन्नस्थानका आन्तरिक उडानहरु रद्द भएका छन् ।

सम्बन्धित विमानसेवा कम्पनीहरुका अनुसार, ओकिनवा, खागोसिमा, मियाजाकी,फुकुओका क्षेत्रका गरि ५२८ वटा आन्तरिक उडान रद्दभएका छन् । यसरी प्रभावित हुने उडानहरु सेप्टेम्बर ६ र ७ तारिखका रहेका छन् ।

यसपटकको हाईसेन नामक ताईफु( आँधी) ३ दशक यताकै शक्तिशाली मानिएको छ । आईतबार बिहानसम्ममा ओकिनवा क्षेत्रकाझण्डै ३ हजार घरहरुमा विद्युत आपुर्ती कटौती भको छ । ताईफुको प्रभाव बढ्दैजाँदा अन्यत्र पनि विद्युत आपूर्ति बन्द हुनसक्ने बताईएकोछ ।

दक्षिण-पश्चिम जापानका विभिन्न क्षेत्रहरुमा पूर्ण सजगता अप्नाउन स्थानिय सरकार तथा केन्द्र सरकारले केहि दिन यता निरन्तर आह्वानगर्दै आएका छन् । समयमै पूर्वतयारी नभएको खण्डमा अघिल्लो वर्षको ताईफु १९ ( हगिबिस)भन्दा धेरै विध्वंसक हुने विज्ञहरुको अनुमानरहेको छ ।-नेपालन्यूज पोष्ट

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal