eNepal

आज राति पोर्चुगल र क्रोएसिया बिच खेल हुॅंदै

एजेन्सी- नेसन्स लिग फुटबल प्रतियोगितामा आज साबिक च्याम्पियन पोर्चुगलले दोस्रो संस्करणको पहिलो खेल खेल्दै छ । समूह‘सी’मा रहेको पोर्चुगलले पहिलो खेल सन् २०१८ को विश्वकपको उपविजेता टोली क्रोएसियाको सामना आफ्नै भूमिमा गर्दै छ । खेलपोर्चुगलस्थित इस्टाडियो डु ड्रागआओ रंगशाालामा हुनेछ ।

समूह ‘सी’मा पोर्चुगल र क्रोएसियतसहित सन् २०१८ को विश्वच्याम्पियन फ्रान्स तथा स्वीडेन रहेका छन् । यस समूहलाई सबैभन्दाकठिन समूहका रूपमा हेरिएको छ । किनभने, यस समूहमा युरोपका तीन ठूला टोलीले एक अर्काको सामना गर्नेछन् ।

आज प्रतियोगिताको पहिलो खेल खेल्दा पोर्चुगलको टोलीमा कप्तान क्रिस्टियानो रोनाल्डो खेल्ने सम्भावना न्यून छ । ३ दिनअघि खुट्टाकोऔंलामा चोट परेपछि २ दिन प्रशिक्षणमा सामेल नभएका उनको स्थितिबारे हालसम्म स्पष्ट भएको छैन । उनले खेल्ने–नखेल्ने अन्तिमसमयमा मात्रै टुंगो लाग्नेछ ।

रोनाल्डो यसै खेलबाट अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा १०० गोल गरेर इतिहास रच्ने दाउमा थिए । उनले हालसम्म पोर्चुगलका लागि९९ गोल गरिसकेका छन् । १०० गोलको कोसेढुंगा पार गर्न उनलाई अब मात्रै १ गोल आवश्यक छ । त्यसपछि उनी फुटबलमा इतिहासमासक्रिय खेलाडीमध्ये १०० गोल गर्ने पहिलो खेलाडी बन्नेछन् भने समग्रमा दोस्रो खेलाडी बन्नेछन् । रोनाल्डोले यसै वर्षभित्रमा इरानकाअली डेईका नाममा रहेको १०९ गोलको दुर्लभ रेकर्ड पनि तोड्ने सम्भावना प्रबल छ ।

यदि आज रोनाल्डो नखेले पनि पोर्चुगलको टोलीमा युवा खेलाडीको टोली तयार हुनेछ । जुआओ फेलिक्स, बर्नान्डो सिल्भा, ब्रुनोफर्नान्डेज, आन्ड्रे सिल्भासहितका खेलाडीले आक्रमण लाइन सम्हाल्नेछन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal