eNepal

गुल्मी समाज भिक्टोरीयाद्वारा बाग्लुङ ढोरपाटन पहिरो पिडीतलाई सहयोगको अपिल

बिगत केही बर्ष देखी अस्ट्रेलीयाको भिक्टोरीया राज्यमा नेपाली कला, सँस्कॄती र परम्परालाई जगेर्ना गर्दै सामाजीक कार्यमा पनि उत्तीकै सकृय गुल्मी समाज भिक्टोरीयाले केही दिनदेखिको लगातार झरीबाट बाग्लुङको ढोरपाटनमा गएको पहिरो पिडीतलाई सहयोग गर्न समुदाएसँग अनुरोध गरेको छ।

प्राकृतिक प्रकोपले निम्त्याएको यो बिषम परिस्थितीमा पिडीत र घाईतेहरुलाई केही राहत अनि आदर देखाउन सबैलाई गुल्मी समाज भिक्टोरीयाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले आग्रह गर्नु भएको छ। यस्तो कठिन परिस्थितीमा थोरै भए पनि मलहम लगाउने प्रयास सबैबाट हवस्।

सहयोग गर्न चाहानेले फो फण्ड मीको लिङ्कबाट पनि सहयोग गर्न सक्नु हुनेछ भने तल दिएको बैंक खातामा पनि रकम जम्मा गर्न सक्नु हुनेछ।

Account Name: Gulmi Samaj Victoria Australia 

BSB No. 083405

Acc No.356617458

Please input your name in the reference field, when transferring funds

https://gf.me/u/ywkbzp

लगातार झरीले ढोरपाटनको भुजीखोलामा आएको बाढीले ४० घर बगाएर ठूलो क्षति पुर्याएको छ ।बुधबारको बाढी पहिरोमा ढोरपाटन नगरपालिकाको वडा नं. ९ का ४० घर पुरिएका छन्। ती घरमा बस्ने १४ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी हराएका छन् । 

पछिल्लो जानकारी अनुसार हराईरहेका २४ मध्ये एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोजीका क्रममा शनिवार बिहान भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो । बाढीपहिरोमा २३ जना अझै हराईरहेका छन् । हराएकाहरुमा १५ दिने शिशुदेखी बयोबृद्धसमेत छन् मृत्युभएका १४ मध्ये १३ जनाको शव शनाखत भएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal