eNepal

ब्राजिल फुटबल कन्फेडेरेसनले पुरुष टोली र महिला टोलीका फुटबलरहरुलाई समान तलब दिने घोषणा

एजेन्सी – ब्राजिल फुटबल कन्फेडेरेसन (सिबिएफ) ले पुरुष राष्ट्रिय टोली र महिला राष्ट्रिय टोलीका फुटबलरहरुलाई समान तलब दिने घोषणा गरेको छ ।

सिबिएफले बुधबार एक विज्ञप्ति जारी गर्दै महिला र पुरुष खेलाडीहरुलाई समान तलब सुविधा र भत्ता दिने घोषणा गरेको हो । यो घोषणा अनुसार पुरुष खेलाडीलाई जति तलब दिइएको छ महिला खेलाडीले पनि उति नै तलव पाउने सिबिएफका अध्यक्ष रोजेरियो काबोक्लोले बताएका छन् ।

यो घोषणासँगै ब्राजिलका थोरै परिचित महिला खेलाडीहरू कप्तान मार्टा, फर्मिगा र लेटिसिया सान्तोसले पुरुष खेलाडीहरु नेयमार, ग्याब्रियल जेसस र रोबर्टो फिर्मिनो जस्ता विश्वव्यापी सुपरस्टारहरूले जति नै समान तलव र भत्ताहरू प्राप्त गर्नेछन् ।

यसअघि नर्वे, अष्ट्रेलिया र न्युजिल्यान्डले महिला र पुरुष राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई समान तलव सुविधा दिदै आएको छ । सिबिएफको यो निर्णय महिला टोली र टिमका स्विडिस प्रशिक्षक पिया सुन्धागेलाई मार्चमा नै जानकारी गराइसकेको थियो ।

‘यो ऐतिहासिक क्षण हो । यो इतिहासको हिस्सा बन्न पाउँदा म अत्यन्तै खुसी छु,’ ब्राजिलियन महिला टोलीकी पहिलो महिला प्रशिक्षक सुन्धागेले भनिन् । यो निर्णय अर्को वर्ष टोकियोमा आयोजना हुने ओलम्पिक खेल र पुरुष र महिला विश्वकपमा लागु हुनेछ ।

ब्राजिलियन लिगले गतबर्ष नै महिला र पुरुषको पुरस्कार राशी बराबर बनाएको थियो । विश्व फुटबलमा ब्राजिलको महिला र पुरुष फुटबल टोलीलाई सर्वाधिक सफल मानिन्छ । ब्राजिलले सर्वाधिक पाँचपटक विश्वकप जितेको छ भने महिला टोली पनि हरेक प्रतियोगितामा उपाधिको दावेदारको रुपमा बलियो उपस्थिति जनाउदै आएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal