eNepal

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्याप नाेउ नछोड्ने मनसाय

एजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्याप नाेउ नछोड्ने मनसाय बनाएको बताइएको छ ।

अर्जेन्टिनी स्टार मेस्सीका बुबा जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष जोसेप मारियाबीचको भेटपछि सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले क्लब नछोड्ने मनसाय बनाएको बताइएको छ ।
मेस्सीका एजेन्टसमेत रहेका जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष बार्टोमेउले क्लब छोड्ने निर्णय लिएका मेस्सीको विषयका लागि भेटघाट गरेका थिए ।

बुधबार मेस्सीका बुबा अध्यक्ष बार्टोमेउसँग भेट गर्नका लागि बार्सिलोना आएका थिए । हिजो बिहान बार्सिलोनास्थित एल पार्ट एयरपोर्टमा देखिएका उनले अध्यक्ष बार्टोमेउसँग भेट गरेका थिए ।
जसमा, उनीहरूबीचकाे भेट सकारात्मक भएका कारण मेस्सी बार्सिलोनामै बस्ने मनसायमा पुगेको ‘गोल डटकम’ले जनाएको छ ।
जर्ज मेस्सीले बार्टोमेउसँगको भेटघाटपछि पत्रकारसँग कुरा गर्दै मेस्सी क्याप नोउ नछोड्ने मनसायमा पुगेको बताएका हुन् ।
३३ वर्षीय मेस्सीले एक साताअघि क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराएका थिए ।
मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग प्रस्ताव राखेका थिए ।
मेस्सी र बार्सिलोनाबीचको सम्झौता आगामी सिजनमा सकिँदै छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal