टोकियो — जापान सरकारले सबै वासिन्दाहरुलाई कोभिड–१९ विरोधी खोप दिनेबारे विचार गरिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या घटाउन सरकारले यस्तो कदम चाल्न थालेको बुधवार यस मामिलाबारे जानकार स्रोतको भनाई उद्धृत गर्दै राष्ट्रिय दैनिक माइनिचीले समाचार छापेको हो । भाइरस निकै संक्रामक भएको र मानिसहरुमा गम्भीर खालका लक्षण देखा पर्ने जोखिम उच्च रहेकोले सरकारले सम्भव भएसम्म धेरैलाई खोप दिने लक्ष्य राखेको हो । सन् २०२१ को पूवाद्र्धसम्म सरकारले सबै नागरिकका लागि खोप सुरक्षित गर्न खोजेको गत हप्ता प्रधानमन्त्री सिन्जो आबेले बताएका थिए । अहिले क्षलफल भइरहेको योजनामा मेडिकल कामदार, वृद्धवृद्धा र दीर्घ रोग लागेका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ । खोप विरतणको जिम्मा नगरपालिकाहरुलाई दिइने सरकारको भनाइ छ । पछिल्लो समय रुसदेखि अमेरिका र चीनसम्म विविध देशहरुले भाइरस विरोधी खोप बनाइरहेका छन् । करीब ३० ओटा खोपको मानवमा परीक्षण समेत भइरहेको छ । गत महीना रुसले पहिलो कोभिड–१९ विरोधी खोप ल्याएको थियो ।

