eNepal

पारस खड्काको टी–ट्वान्टी ब्याटिङ वरीयतामा चार स्थान सुधार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी पारस खड्काको टी–ट्वान्टी ब्याटिङ वरीयतामा चार स्थान सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी–ट्वान्टीको ब्याटिङ वरीयतामा पारसको सुधार आएको हो । नयाँ वरीयताअनुसार उनको ब्याटिङ वरीयता चार स्थान सुधार भएको छ । पारस नयाँ वरीयतामा ७१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५ औं स्थानमा रहेका थिए ।

यता बलिङतर्फ सन्दीप लामिछानेको वरीयता यथावत रहेको छ । नयाँ वरीयतामा पनि सन्दीप ७९ औं स्थानमा रहेका छन् । नेपालले भने टी–ट्वान्टी वरीयतामा १५ औँ स्थान बनाएको छ । नेपालले आफ्नो वरीयता यथावत राखेको हो । नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal