अष्ट्रेलियाबाट संचालित अनलाईन न्युज पोर्टल इनेपाल अनलाइन तथा इनेपाल टिभीले औपचारीक रुपमा कार्यसम्पादनको लागी टिमको घोषणा भएको छ। यो सम्पूर्ण दर्ता तथा आधिकारीक नियम अष्ट्रेलियन प्रेस अनुसार नियम कानुनमा बसि समाचार तथा सुचना प्रसारण हुनेछन्। सत्य, तथ्य र यथार्थपरक सुचमा सम्प्रेषण गर्ने हेतुले अष्ट्रेलिया तथा मातृभुमी नेपाल लगायत बिश्वका आमसूचना खबर आम नागरिक बिच पुर्याउनु सजिलो बनाउने उदेश्यले अष्ट्रेलिया नेपाल लगायत बिश्वका अरु देशबाट पनि समाचार रिपोर्टिङ गर्नका लागी कार्यसम्पादन टिम चयन गरिएको जानकारी गराउदछौ।
विगत तिन बर्ष देखी नेपाल र नेपाल बाहिरका समाचार सम्प्रेषण गर्दै अनलाइन पोर्टलको रुपमा बजारमा आएको पोर्टलले नयाँ टिभी सहित छोटो समयमै अष्ट्रेलिया बस्ने नेपाली तथा नेपाल लगायत अरु मुलुकमा समाचार प्रसारणले आम जनसमुदायमाँझ सकारात्मक प्रभाव पारेको देखिन्छ।
लामो समय पत्रकारीतामा अनुभवी पत्रकार एवम् लेखन कार्यमा रुचि राख्ने मनोज पौडेल यस अनलाइन खबर तथा इनेपाल एचडी टिभिका मुख्य सम्पादकको रूपमा काम गर्नु हुनेछ
निकै बौद्धिक र बिस्लेषणात्मक दक्षता भएका पौडेल मुख्य सम्पादक हुनुले यसको विस्वसनियता र प्रभाबकारिता बढ्ने अपेक्षा गरिएको छ। सहायक सम्पादकमा अशोक टन्डन नेपालबाट प्रतिनिधि जिम्मेवारी बहन गर्नुहुने भएको छ भने जापानबाट सम्पादनमा देब्रेन्द लामा लगायत अष्ट्रेलियाबाट कार्यक्रम सन्चालकको रुपमा उत्सव बिक्रम पोख्रेल ,अग्रेजि बिधामा सम्पादनमा एलिसा राजवाहक , आइटीमा उज्जल खनाल र फोटो तथा भिडियो इडिटिङ्गमा सुवास बस्ताकोटीले जिम्मेवारी बहन गर्नु हुनेछ।
कार्यसम्पादन टिम चयन भएसङ्गै चलिरहेको अनलाइन पोर्टल इनेपाललाई थप जिम्मेवारीका साथ ब्यबस्थित ,मर्यादित ,भरपर्दो तथा सहि सूचना सहि समयमा दिने प्रतिबद्धता जायर गरिएको छ भने यससँगै इनेपाल एचडी टिभिको पनि सुरुवात गरिएको छ। जसबाट विभिन्न टिभी सो कार्यक्रम आम पाठक समक्ष पुर्याउनु बाचा गरिएको छ ।अहिले टिभी सो बाट महिनाको २ पटक ग्लोबल कुन्डली प्रसारण भइरहेको छ। आगामी दिनमा अरु टिभी सो कार्यक्रम ल्याउने जमर्को गरेको छौ।
कार्यसम्पादन टिममा हुनेको नामावली यसप्रकार रहेको छ।


