eNepal

रोग ब्याधी निको हुने घिरौलाको महत्व बुझौ

घिरौला हामी सबैलाई थाहा भएको र हामीले भान्सामा तरकारी बनाउदैँ खादैँ पनि आएका हौंला । यो एक ग्रीष्म वर्षा यामको लहरे तरकारी बाली हो ।

घिरौला खेताको लागी तातो (२५-३) डि.से) र ओसिलो मौसममा राम्रो सप्रने गर्दछ । घिरौला खेतीको लागी बलौटे दोमट माटो उपयुक्त हुन्छ । माटोमा प्रशस्त मात्रामा प्राङ्गरिक बस्तु र पी.एच.मान ५.८.-७.५. हुनु पर्दछ ।

घिरौलाका धेरै स्थानीय जातहरुको खेती गरिन्छ । उन्नत जातहरु मध्ये कान्तिपुर, नारायणी र पुसा चिल्ले बढी प्रचलित छन् ।

घिरौला तरकारीखानको लागि मात्र प्रयोग नभई यसको औषधिय महत्व पनि रहेको छ । यसलाई गर्मी समयमा हामीले तरकारी बनाएर खाँदा खेरी हाम्रो पेटमा भएको समस्यालाई हटाउन मद्धत गर्छ भने शरीरमा भएको मोटोपनलाई पनि हटाउन सहयोग गर्ने गर्छ ।

यसको सेवनले खानामा रुचि बढ्छ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा गर्दछ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal