काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म २ करोड ५१ लाख ६२ हजार १८९ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये ६९.५६ प्रतिशत अर्थात १ करोड ७५ लाख ४ हजार २१९ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै एकै दिन थप ५ हजार २७९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ४६ हजार ६४२ पुगेको छ ।

