eNepal

सिपीएल हिजोको खेलमा जमैका तलावास विजयी ,सन्दीप लामिछानेको २ विकेट

काठमाडौँ  – क्यारेवियन प्रिमियर लिग सिपीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनिर सन्दिप लामिछाने आवद्ध टीम जमैका तलावास विजयी भएको छ । 

ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियसलाई ३७ रनले पराजित गरेको हो ।  टस जितेर पहिले ब्याटिङमा उत्रिएको जमैकाले पुरै २० ओभरमा ६ वीकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्याट्रियर्स  ११० रनमा समेटियो ।

खेलमा सन्दिपले राम्रो प्रदशन गरेका थिए । उनले २ विकेट लिए । पछिल्लो जितसँगै जमैका लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगमा जमैकाले खेलेका ६ खेलमध्ये ३ मा जीत र ३ मा हार व्यहोरेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal