eNepal

सकारात्मक सोच के हो ?कसरी बनाउने

एउटा नेपालीमा उत्ति छ ,”जस्तो अन्न त्यस्तै मन । जस्तो मन त्यस्तैे तन ।”यसबाट के प्रष्ट हुन्छ भने हामीले खाएको खाना जस्तो छ ।हाम्रो विचार वा मन पनि त्यस्तै हुन्छ । हाम्रो विचार जस्तो बन्छ । त्यहि अनुरुपको शरीर बन्छ । खप्पतड बाबाले भनेका छन् -“विचार बाण सरह हुन्छ ।”

जसरी बाण तिरबाट छुटेपछि त्यसलाई फर्काउन सकिदैन त्यसरी नै हामीले सोेचेको प्रत्येक विचारले आफनो कार्य गररै छोड्छ । त्यसको कार्यबाट रोक्न सकिदैन । कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित नभै त्यसलाइ सहज बनाएर मनमा लिनुलाई सकारातमक सोच भन्ने वुझिन्छ ।त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु पर्दछ ।सकारात्मक सोचाईको फतिफल पनि सकारात्मक नै हुन्छ । नकारात्मक सोचाइको प्रतिफल नकारात्मक नै हुन्छ ।

सकारात्मक हुन हामी निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

१)स्वास्थ्यमा ध्यान दिने ।नियमित व्यायाम गर्ने । विहानको चिसो हावामा हिड्ने आदि ।
२) विहानको समयमा एक घण्टा व्यवसाय,नोकरी अन्य कुनै पनि कुराको बारेमा नसोच्ने ।अर्थात दिमागलाई शान्त बनाउने ।
३)खानपानमा ध्यान दिने । ज्यादै धेरै र ज्यादा कम भन्दा पटक पटक थोरै खाईरहने । पानीको मात्रा मिलाएर पिउने ।
३) स–सान काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
४) कसैको इष्र्या र डाहा नगर्ने ।
५)आफ्नो काममा नै मस्त हुने ।
६) बढि महत्वकांक्षी नहुने ।
७) आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।
८) देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।
९ आफुसँग भएका र रहेका चिजबाट थप केही सिर्जन गर्ने ।

नकारात्मक सोचाईले मनलाई थकाउँछ र शरीरलाई गलाउँछ । याद गर्नुहोस, यदि तपाई एकघण्टा सम्म मनमा नकारात्क भाव पैदा गरी अनि आफनो शरीरको अवस्था जाच्नुभयो भने त्यसबेला तपाईको शरीर १२ घण्टा कडा काम गरे भन्दा बेसि थाकेको पाउनुहुन्छ । अब विचार गर्नुहोस,स्वस्थ रहनका लागि सकारात्मक सोचको कति खाँचो पर्दो रहेछ ।मनमा किन नराम्रो विचार आयो ? यो पत्ता लगाउन सकियो भने मनमा राम्रो विचार भर्न सकिन्छ । कुनै पनि अवस्था बाट विचार पैदा हुन्छ । त्यो अवस्थाले नकारात्मक र सकारात्मक प्रभाव पार्छ । विचार भावना ,शारिरीक, लक्षण र ब्यवाहारबाट बाट प्राप्त हुन्छ । जसले सकारात्मक सोच राख्दछ ।उसले कुनै पनि अवस्थालाई सहस्र स्विकार गर्छ त्यस अवस्थाप्रति सन्तुलित रहन्छ । समस्यालाई सानो देखेर आफुलाई त्यसप्रति ठूलो वनाइयो भने सबै भन्दा सजिलो सकारात्मक हुने उपाय रहन्छ ।त्यसैले राग, द्धेष, रिस, घृणा र चिन्ता त्यागेर प्रसन्न चित्तमा रहदै सकारात्मक सोचको बिकास गर्न सकियो भने शरीरमा शक्ति,बल,तेज र स्वस्थता प्राप्त हुन्छ । ( मनोचिकित्सकको परामर्शबाट )

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal