eNepal

नेपाली लेग स्पिनर सन्दीप लामिछाको सिपीएल सनसनीपूर्ण प्रदर्शन

काठमाडौँ  – नेपाली लेग स्पिनर सन्दीप लामिछाको सनसनीपूर्ण प्रदर्शन गरेपनि जमैका तलाबाजले क्यारेबिन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा तेस्रो हार बेहोरेको छ ।

ट्रिनिडाड एण्ड टोबेगामा बिहीबार सम्पन्न खेलमा जमैका ब्याटिङमा चुक्दा पाँचौ खेलमा बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित बनेको हो ।

सुरुवाती ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १ सय ४८ रन बनाएको थियो । केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेपछि बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन । जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीपले २ विकेट लिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक(एक विकेट हात पारे ।

सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए । सन्दीपले सीपीएलको उत्कृष्ट प्रदर्शन जारी छ । उनले हरेक खेलमा किफायती बलिङ गर्दै विकेट हात पारिरहेका छन् ।

१ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । नक्रमा बोनरले बनाएको ३१ रन सर्वाधिक स्कोर रह्यो । सन्दीप ४ रनमा नटआउट रहे । सन्दीपको टिम जमैकाले ५ खेलबाट २ खेलमा जित निकाल्दै ४ अंक सहित पाँचौ स्थानमा छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal