eNepal

एक प्रेरक प्रसङ्ग : एक हात्तीको कथा

एक समय एक राजासँग निकै शक्तिशाली हात्ती थियो । राजाले युद्धमा निस्कँदा सधै हात्तीलाई आफुसँगै लैजान्थे । हात्ती पनि राजाले भनेको सबै कुरा मान्दथ्यो । हात्तीको माध्यमबाट राजाले धेरै युद्धहरु जितेको थियो ।

समयसँगै हात्ती वृद्ध भयो । त्यसपछि राजाले वृद्ध हात्तीलाई युद्धमा लैजान छाड्यो । आफ्नो कर्मचारीलाई हात्तीको स्याहारसुसारका लागि खटाए । हात्ती भने आफु पनि राजासँगै युद्धमा जान चाहन्थ्यो । युद्धमा जान नपाएपछि उ सधै निराश बनिरह्यो, बिना उत्साह रहिरह्यो ।

एकदिन हात्ती तलाउमा पानी पिउन गएको थियो । उ दलदलमा फस्न पुग्यो । जति प्रयास गरेपनि हात्ती दलदलबाट बाहिर निस्कन सकेन । राजाले हात्ती फसेको कुरा थाहा पाए ।

राजा तुरुन्त तलाउ नजिक पुगे । सैनिकहरुले धेरै प्रयास गरे, तर हात्ती बाहिर निस्कन सकेन । राजाले आफ्नो मन्त्रीलाई बोलाए । मन्त्रीले त्यो हात्तीलाई राम्रोसँग बुझेको थियो । उसले राजालाई युद्धमा बजाउने डोल बाजा बजाए हात्ती बाहिर निस्कने बतायो । मन्त्रीको कुरा मानी राजाले ढोल बाजा बजाउन शुरु गरे । जब ढोल बाजाको आवाज हात्तीले सुन्यो, तब उ उठ्यो र दलदलबाट बाहिर निस्कन प्रयास गर्यो । केही समयमै हात्ती दलदलबाट बाहिर निस्कियो ।

राजा हात्तीलाई बाहिर निकाल्न नसक्दा चिन्तित थियो । तब मन्त्रीले राजालाई भन्यो कि, हात्ती तपाईंको साथ युद्धमा जान चाहन्थ्यो । जब युद्धमा लान बन्द गरियो, उ उदास भयो, उसको जीवनमा कुनै उत्साह थिएन ।
दलदलमा फसेपछि यसले हिम्मत हारेको थियो । जब ढोल बाजाको आवास सुन्यो, फेरी युद्धमा जानुपर्ने सोच्यो । उसले राजालाई आफ्नो आवश्यकता परेको सोच्यो । यो सोची उसको उत्साह फिर्ता आयो र बाहिर निस्कन सक्यो ।

नोट:सुखी जीवनका लागि हामीमा उत्साह हुनु जरुरी छ । जबसम्म हाम्रो जीवनमा उत्साह रहन्छ, तबसम्म हामीले सफलता प्राप्त गर्न सकिरहन्छौं । यसकारण जीवनलाई उत्साह बनाईरहनुपर्छ । यसका लागि हामी कहिल्यै निराश हुनुहुन्न । हरेक काम उत्साहका साथ गर्नुपर्छ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal