eNepal

सिपीएलमा सन्दीपले १ विकेट ल्याएर औसत प्रदर्शन ,उनको टिम पराजित

काठमाडौं -क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेको टोली जमैका तलावाज पराजित भएको छ।

ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिए। ट्रिनबागोले सन्दीपको जमैकालाई सात विकेटले हराएको हो।

आजको खेलमा सन्दीपले चार ओभर नै बलिङ गर्दै ३० रन खर्चेर एक विकेट लिए। नबौं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा मात्र दुई रन मात्रै खर्चिए।

त्यसपछि ११औं ओभरमा बलिङ गरेका उनले ११ रन दिदै एक विकेट लिए। उनले ११औँ ओभरको पाँचौँ बलमा ट्रिनबागोका बिस्फोटक खेलाडी सुनिल नराईनलाई पवेलियन फर्काए। नराईनले ५३ रन बताए।

यस्तै खेलको १३औं ओभरमा सन्दीपले सात रन खर्चिए। त्यसपछि १५औं ओभरमा उनले १० रन दिए।

ब्रायन लारा मैदानमा टस हारेर ब्याटिङ गरेको सन्दीपको टोली जमैकाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो। ट्रनबागोले एक सय ३६ रनको लक्ष्य १८ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो।

उसको जीतमा सुनील नराईनले ५३ र कोलीन मुन्रोले अविजित ४९ रनको योगदान दिए। बलिङतर्फ जमैकाका सन्दीपसँगै फिडेल एडवार्ड र मुजिब उर रहमानले एकएक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रन बनायो। उसका लागि ग्लेन फिलिप्स्ले ४२ बलमा ५८ रनको अर्धशतकीको पारी खेखे। यस्तै आन्द्रे रसेलले २६ बलमा २५ रन, आसिफ अलिले १६ बलमा २२ रन तथा रमाल लेविसले १६ बलमा १५ रन बनाए।

बलिङतर्फ ट्रिनबागोका लागि अलि खान र जेडेन सिल्सले दुई दुई विकेट लिए। पराजयसँगै सन्दीपको टोली जमैका अंक तालिकाको चौथो स्थानमा झरेको छ।

यसअघि सन्दीपले पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए। उक्त खेलमा उनको टोली जमैका पाँच विकेटले विजयी भएको थियो।

अब जमैकाले तेस्रो खेल आइतबार दिउँसो गुयाना अमेजन वारियर्सविरुद्ध खेल्नेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal