“A Band of Women in Action” नामक दिदीबहिनीहरुको एउटा ग्रुप मेल्बोर्नमा सक्रिए रहेको छ जसले हरेक हप्ता आईतबार साँझ करिब डेढ घण्टा जुम मिटीङ गर्दै समसामहिक बिषयबस्तुमा छलफल गर्ने, कुनै कल्याणकारी काममा आफ्नो भुमीका के हुन सक्छ भन्ने बिषयमा कुराहरु साटासाट गर्ने अनि बाँकी रहेको समयमा जुम्बा डान्स गरेर आफुलाई शारिरीक अनि मानसिक रुपमा स्फुर्त राख्न गएको ५ अप्रील देखि नियमीत रुपमा कार्यक्रम गर्दै आएको छ।
एकातिर कोरोनाको महामारी अनि मेल्बोर्नमा लकडाउनको अवस्था रहेको बेला सङ्घारमा आएको हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई केही फरक अनि नौलो तरीकाबाट मनाउने सोच अनुरुप गएको आईतबार यो ग्रुपले जुम मिटीङ आयोजना गर्दै अन्य बिषयलाई थाती राखी भर्चुयल तीज मनाउने निधो गर्यो। भर्चुअल तीजमा ग्रुपका प्राय सबै सदस्यहरुले आआफ्नो घरबाट जुममा जोडीएर नाँच्दै रमाइलो गरेका थिए।
यस ग्रुपकी एक एक्टिभ सदस्य क्रिस्टिना कहिलै नगेरेको जुमबाट तीज मनाउने भए पछि उत्साहित हुँदै त्यो दिन समयमै ईभिनीङ वाक सकेर सिङ्गार पटार गरेर अनलाई भर्च्युल तीजमा जोडीन उत्साहित भएको धारणा व्यक्त गर्छिन्। करिब पैतालीस मिनेटको तीजसँग सम्बन्धित यावत बिषयमा गफ गरीयो, आआफ्नो अनुभवहरु अनि योजनाहरु साटासाट गरियो।त्यसपछि एकबहिनीले तीज गीतमा सबैलाई नाँच्न लगाएपछि अफिसीयल भर्चुअल तीज शुभारम्भ भयो। सबै जनाले एकअर्कालाई साथ दिदै नाच्दा केही फरक तर रमाईलो महसुस गरियो। छोरीले यसरी पनि तीज मनाई भनेर घरमा पनि सबै जना दङ्ग थिए। नाच्दा कत्ति पनि एक्लै रमाईलो गरि रहेको जस्तो महसुस भएन। जोस जाँगरले नाचियो, मज्जाले थाकियो। क्रिस्टिना भन्छिन यो पाली बेग्लै अनुभव भएपनि रमाईलो भयो। आशा गर्छु बर्तमान परिस्थितीलाई मध्यनजर लगाउँदै सबै दिदीबहिनीहरुले यो बर्ष कसरी हुन्छ चाहे साथीहरुसँग अनलाईनमा होस् या आफ्नो परिवारसँग रमाईलो गरेर तीज मनाउनु होला। आगुम फेरी धुमधामसाथ सँगै नाँच्दै मनाउला नि।
कृपा शाक्य “A Band of Women in Action” ग्रुपकी अर्की एक्टिभ सदस्य हुन्। उनी पनि कोभीड १९ अनि मेल्बोर्नमा स्टेज फोरको लकडाउनले यो बर्षको तीजलाई भर्चुयल तीजमै सिमीत राख्न पुगीन्। हामी सबैको महान चाड तीज, हरेक बर्ष साथीहरुसँग रमाईलो गर्दै नाँचेर धुमधामसँग मनाउँथे। ब्रत चाँही खासै बस्न नरुचाउने कृपालाई साथीहरुसँग रमाईलो गर्न चाहि रहर लाग्छ।बर्षमा एकचोटी भए पनि ठाँटीएर आफुलाई मन परेको ड्रेस लगाएर नाच्न एकदम रुचाउछु। तर मेल्बोर्नमा कोरोनाको दोश्रो छाल अनि चौथो चरणको लकडाउनले यसपालीको तीज खल्लो हन्छ कि भन्ने लागेको थियो। घरमै सिमीत हुन्छ कि जस्तो भएको थियो यो बर्षको तीज। तर ग्रुपले let’s celebrate teej online as we do zumba भने पछि उत्साहित हुँदै आईतबार साँझ छ बजे जोडीने साईत जुर्यो। तीज अनि कतै जाने भएको भए लगभग दुई घण्टा अगाडीदेखी तयार हुनु पर्थ्यो तर अनलाईन जोडीने भएपछि साढे पाँचमा तयार भए। ठ्याक्कै ५:५९ मा जुममा जोडीएँ।एक मिनेट पनि लागेन।
यति उत्साहित भए कि एक मिनेट पनि ढिला गरिन। सबै जनालाई राम्रो पोशाक अनि मिठो मुस्कानका साथ देख्दा मन धेरै प्रफुलित भयो। त्यस पछि सबैले आआफ्ना मन पर्ने पेयलाई एकसाथ चियर्स गर्दै भर्चुयल तीजको रिवन काट्यौ। यसरी तीज मनाउँन पाउँदा एकदमै खुसी लाग्यो। रमाईलो गर्न बाहिरनै जानु पर्ने रहेनछ। घरमै पनि यसरी रमाईलो गर्न सकिने रहेछ। श्रीमानपनि लुकी लुकी भिडीयो हेर्दै हुनुहुन्थ्यो। तीज गीतमा नाँचेको पहिलो अनुभवनै थियो तर नृत्य सिकाउने बहिनीले यति राम्ररी सिकाउनु भयो कि सिकाएको नृत्यको स्टेपहरुनै बिर्सिएँ। अनलाईन जुम्बा डान्स र तीज डान्सबाट मैले सार्है रमाईलो गरे। प्रोफेसनल फोटोग्राफरबाट फोटो खिचाउन चाँहि मिस भयो तर त्यो खासै महत्वपूर्ण पनि थिएन।

जमुना अधिकारी रिजाल पनि यो ग्रुपमा जोडीएको धेरै भयो।उनी भन्छिन हाल सँसार भरि फैलिएको कोरोनाको महामारीले हाम्रो दैनीक कुराहरु गर्न पनि पाईएको छैन।स्टेज फोरको लकडाउन अनि लगाईएको कर्फ्युले न कसैसँग भेटघाट हुन पाएको छ न काँही जाननै। यस्तो अवस्थामा दिदीबहिनीलाई कसरी तनाबबाट मुक्त दिलाउन सकिन्छ भनेर हरेक हप्ता जुम्बा डान्स गर्दै आएको यस ग्रुपले गएको आईतबार भने तीज मनाउने निर्णयले सार्है खुसी लाग्यो। केही नौलो लागे पनि सबै जनाले तीज गीतमा अनलाईनमा आआफ्नो घरबाट नाँच्दा रमाईलो अनुभव रह्यो र सबै जना खुसी पनि भयौ।
“A Band of Women in Action” की अर्की सक्रिय सदस्य हुन् बबी लामा।बबी भन्छिन् गएको बर्षहरुको भन्दा यो बर्षको तीज धेरै बेग्लै भयो।कोभीड १९ ले गर्दा हाम्रो सधै गर्ने गतिबिधीमा पनि धेरै फरक पारेको छ। हाम्रो ग्रुप “A Band of Women in Action” मेल्बोर्नमा बस्ने नेपाली महिलाबाट शुरुवात गरिएको हो। यो ग्रुपको मुख्य उदेश्य भनेकोनै नेपाली नारीहरुलाई सामाजिक आईसोलेसनबाट बाहिर निकाल्नको लागि एउटा सहयोग होस् भनेर खोलीएको मैत्री ग्रुप हो। ग्रुपलाई सधै कनेक्टेड राख्नलाई Zumba on Zoom को थालनी गर्यौ।बिषेश गरेर अहिलेको परिस्थितीमा साथीभाई, घरपरिवारसँग भेट्न नपाउँदा सबैलाई गार्हो भएको समयमा जुम्बाको माध्यमबाट एकअर्कासँग कुरा गर्न र शारिरिक अभ्यास पनि गर्न थाल्यौ।
नजिकीदै गरेको तीजलाई कसरी मनाउने भनेर ग्रुपमा कुरा राखे पछि सबैले यसपाली अनलाईन तीज मनाऔ भन्ने कुरा ब्यक्त गरे पछि अनलाईन तीज कस्तो हुने होला भन्ने कौतुहुलता त थियो तर सबै साथीहरु राजी भएपछि ठिकै छ नि त प्रबिधीको जमाना छ किन उपयोग नगर्ने, कोसीश गरौन त भनेर नौलो थालनी गरियो।ल्यापटप र मोबाईल फोन अगाडी रङ्गीबिरङ्गी लुगा, चुरा पोते अनि टिकामा सजिएर भेला भयौ। एकअर्कालाई बिभीन्न सजावटमा देख्दा कुनै ठूलो तीजको कार्यक्रममा सहभागी हुँदैछु जस्तो आभाष भयो। कार्यक्रमको शुरुवातमा तीजकै बिषयमा छलफलबाट शुरुवात भयो। यसपालीको भर्चुअल तीज कार्यक्रममा साथी जमुनाले राखेको प्रश्न तीजमा ब्रत बस्नु ठिक हो कि होईनबाट अघी बढेको थियो।
सबै सहभागीले आआफ्नो धारणा ब्यक्त गरे।धेरैको बिचार चाँही पहिला देखी मनाउँदै आएको चाडलाई मनाउनु पर्छ तर आफुलाई गार्हो गरेर आफ्नो स्वास्थ्यको ख्याल नगरी चाँही ब्रत बस्नु हुँदैन भन्नेनै थियो।
अन्त्यमा बबी भन्छिन् – सँसारमा जे भए पनि स्वईच्छा मनले एकअर्कालाई सहयोग गरौ, आफ्नो शारिरीक र मानसिक स्वास्थ्यको ख्याल राख्नु एकदम जरुरी छ।

