eNepal

छोरीहरुको जन्म दिनको अवसर पारेर सुशील चालिसे परिवारद्वारा क्रिकेट रङ्गशाला निर्माणमा सहयोग

अस्ट्रेलियामा लामो समय देखि बसोबास गर्दै आउनुभएको सुशील चालिसे र पत्नी अनिता भण्डारी चालिसेले आफ्ना दुइ छोरीहरु (छ बर्षिया शायना चालिसे र तीन बर्षिया समिका चालिसे ) को जन्मदिनको अवसरमा सहयोग प्रदान गर्नुभएको छ ।

बिभिन्न सामाजिक गतिबिधिमा अग्रसर संस्था धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उक्त संस्थालाई अस्ट्रेलियन डलर ५०० हस्तान्तरण गर्नुभएको हो ।

चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा राधा पौडेल आबद्ध हुनुभएको संस्था एक्सन वर्क नेपाल, दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध हुनुभएको पबित्रा समाज नेपाललाई सहयोग गर्नुभएको थियो ।

त्यस्तै, तेश्रो जन्मदिनको दिन बहिनी समिका चालिसेको जन्म भएपछि चौथो जन्मदिन मनाउँदा देखि दुबै छोरीहरुको जन्मदिन एकैदिन परेकोले जन्मदिन मनाउने क्रममा नायिका स्वेता खड्काले सन्चालन गरेको सामाजिक संस्था स्वेता श्री फाउण्डेशन र पाचौ जन्मदिन मनाउँदा मेल्बोर्न निवासी गौतम लामिछाने र उहाँकी धर्मपत्नी पद्मा पाण्डेद्वारा सन्चालित सामाजिक संस्था बिरुवा नेपाललाई आर्थिक सहयोग गर्नुभएको थियो ।

यसरी चालिसे दम्पत्तिले आफ्ना छोरीद्धयको जन्मदिनका अबसरमा प्रत्येक बर्ष सामाजिक कार्यमा निश्चित रकम हस्तान्तरण गर्ने प्रचलन नै बसालेका छन जुन अनुकरणीय र प्रेरणादायी छ । शायना र समिका चालिसे दुबैलाई जन्मदिनको हार्दिक शुभकामना ।

सुशील चालिसे अन्तरास्ट्रिय नेपाली कलाकार समाज ईनासको ओसिनीया कोअडीनेटर हुनुहुन्छ भने मेल्बोर्नको रोयल वेस्टर्न क्लबका सचिव पनि हुनुहुन्छ साथैसाथै मुक्तककारको रुपमा आफ्नो बेग्लै पहिचान बनाउँदै निरन्तर रुपमा कलम चलाउँदै आउनु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal