eNepal

मकैको सिजन छ ,जानिराखौ मकै खानुका फाइदै फाइदा

काठमाडौं -मकै नेपालमा सर्वसुलभ उपलब्ध हुने अन्न हो । जो सडक किनारदेखि पाँतारे होटलका मेनुमासमेत पाइन्छ । मकैलाई भुटेर, उसिनेर, पोलेर र भातको रुपमासँगै विभिन्न परिकार बनाएर खान सकिन्छ । बेमौसमी मकै प्रायः सधैभरि उपलब्ध हुन्छ । मकै अधिकांशले रुचाउने खाजामध्ये पनि पर्छ । यो स्वादिष्ट मात्रै नभएर स्वास्थ्यका लागि समेत लाभदायक छ । अब जानौँ, मकै खाँदा के– के फाइदा हुन्छः

१. मकैमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ । नियमित मकै खाने मानिसमा एसिडिटी र कब्जियतको समस्या हुँदैन् ।

२. मकैले कोलस्ट्रोलको मात्रालाई नियन्त्रण गर्नुका साथै मुटुरोगको सम्भावनासमेत कम गर्छ ।

३. मकैमा फोलिक एसिड पर्याप्त मात्रामा हुने भएकाले गर्भवती महिलाका लागि यो फाइदाजनक मानिन्छ ।

४. मकैमा एन्टिअक्सिडेन्टको मात्रा प्रशस्त हुन्छ । त्यस्तै, छाला स्वस्थ राख्नुका साथै रोगप्रतिरोधी क्षमता बढाउँछ ।

५. पोलेको मकै खाँदा हड्डी बलियो हुन्छ । यसमा कपर, म्याग्नेसियम, आइरन र फोस्फोरसको मात्रा हुन्छ । यी हड्डीका लागि फाइदाजनक तत्व हुन् ।

६. भुटेको र पोलेको मकैमा कार्बोहाइड्रेटको मात्रासमेत उच्च हुने हुँदा यसले शरीरमा ऊर्जा प्रदान गर्छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal