eNepal

धोनीपछि ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आज एकै दिन दुवैले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।

दुवैले सामाजिक सञ्जाल सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो संन्यासको घोषणा गरेका हुन् । रैनाले इन्स्टाग्राममा धोनीको पद पछ्याएको उल्लेख गरेका छन् ।

धोनीले संन्यास घोषणा गरेको केही समयपछि रैनाले पनि संन्यास घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले इन्डियन प्रिमियर लिग (आईपीएल) रैनाले चेन्नई सुपर किङ्स खेल्ने छन् । उनी सीएसकेका उपकप्तानसमेत हुन् ।

३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए । उनले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal