एजेन्सी – भारतिय पुर्व रास्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरस संक्रमण भएको थियो। मुखर्जीले आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए।
उनले ट्वीट गर्दै, आस्पतालमा स्वास्थ परिक्षण गराएपछि आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। उनले आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुमा आइसोलेट गरी स्वास्थ परिक्षण गर्न अपिल गरेका छन्। उनी अरु बिरामी भएको हुँदा कोरोना संक्रमण गाह्रो भएको अवस्था थियो । उपचाररत पुर्व रास्ट्रपतिको आज बिहान निधन भएको छ ।

