काठमाण्डाै – भारतीय गृह मन्त्री अमित शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
उनले आफू कोरोना संक्रमित भएको जानकारी उनले आइतबार दिउँसो ट्वीट मार्फत सार्वजनिक गरेका हुन् । उनले डाक्टरको सल्लाहमा अस्पताल भर्ना भइरहेको बताए।
‘कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो ।’ ‘मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको सल्लाहमा म अस्पतालमा भर्ना भइरहेको छु,’ शाहले ट्वीट गरेका छन्।
साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफुलाई अलग राख्न र जाँच गर्न अनुरोध गरेका छन् ।

