eNepal

अल नेपाल अनलाईन एकल नृत्य प्रतियोगीता हुने

अस्ट्रेलीयाको मेल्बोर्नमा रहेको सुशान्त डान्स एन्ड ईन्टरटेन्मेन्ट कम्पनीले आगामी फेब्रुअरीको पहिलो साताबाट अन्लाईन एकल नृत्य प्रतीयोगीता गर्ने भएको छ। हरेक बर्ष आयोजना गर्न लागिएको यो प्रतीयोगीता आगामी २ फेब्रुअरीबाट २५ फेब्रुअरी सम्म हुने भएको छ।यस प्रतीयोगीतामा भागलिन ईच्छुकहरुले १ जेनुवरी देखी १ फेब्रुअरीसम्ममा आफ्नो नृत्यको भिडीयो अनलाईन मार्फत सुशान्त डान्स एन्ड ईन्टरटेन्मेन्ट कम्पनीमा पठाई सक्नु पर्नेछ।

बिजयी प्रतीस्पर्धीलाई नगद रु ४०००० दिईने छ भने फेशबुकमा धेरै लाईक पाउने नृत्यले नगद रु १५००० पाउने छ।

बिगत केही समयदेखी मेल्बोर्नका बिभीन्न नृत्य समुहमा डान्सर एबम् कोरीयोग्राफरका रुपमा चिरपरिचीत सशान्त योन्जन सुशान्त डान्स एन्ड ईन्टरटेन्मेन्ट कम्पनीका डाईरेक्टर रहेका छन्। हाम्रो समाजमा नृत्यलाई अहिले पनि नौटङ्कीको सङ्ज्ञा दिईन्छ जुन बिलकुल गलत हो।नृत्य गर्नु वा सिक्नु आफैमा एक कला हो र यसलाई मानिसले व्यबसायको रुपमा पनि लान सक्छ भन्ने कुरालाई परिभाषीत गर्न आफुले सक्दो कोशीस गरिरहेको ईनेपाललाई बताउनु भयो।यदि कसैमा नृत्यलाई आफ्नो भविस्य बनाउन छ भने कडा मेहीनेत, लगनशिलता र धैर्य गर्ने खुवीको बिकास भएमा यसलाई जिवीकोपार्जन गर्न सक्ने पेशा बनाउन सकिन्छ भन्दै ईच्छुक साथीहरु डराएर वा लाजले केबल घरमा बस्नु भन्दा परिवारलाई भरोषा दिलाई आफुमा भएको कलालाई प्रस्फुटन गर्न आग्रह गरेका छन्।

image

 केही महिना अगाडी मेल्बोर्नमा महिनाको दुईचोटी नृत्य कार्यशाला सन्चालन गर्दै आएका सुशान्तले अव छिट्नै वर्कसप सन्चालन भएका छन् जहाँ नृत्यको बिभीन्न शैलीहरु सिकाईने छ।नृत्य गर्नु भनेको शारिरीक तन्दुरुस्ती पनि रहनु हो र यसैलाई मनन गर्दै शरिर स्फुर्त राख्नलाई जुम्बा नाँचको कक्षा पनि सन्चालनमा ल्याउने तयारी भएको छ।

अल नेपाल अनलाईन एकल नृत्य प्रतियोगीताको मुख्य उद्देश्य भनेको नेपालमा रहेका तर प्रतीभा प्रस्फुटन गर्न नपाएका धेरै साथीहरुलाई केही भए पनि राहत दिनु हो ताकि उनीहरुमा हौसल्ला र मनोबल बढ्न सकोस्। यसैलाई मध्यनजर लगाउँदै यो प्रतीयोगीता आयोजना गर्न लागिएको हो।

गएको प्रतियोगीतामा बिवेक व्लोन निरौलाले प्रथम हुँदै नगद रु ३०००० र गिफ्ट हेम्पर हात पारेका थिए भने एलिसा राई धेरै लाईक पारेर नगद रु १०००० हात पारेकी थिईन्।नृत्य जुन सुकै बिधामा भएपनि हुने र सबै उमेर समुहका व्यक्तिहरुले भाग लिन पाउने यो प्रतियोगीतामा जति सक्दो धेरैले सहभागीता जनाउन् भन्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना हुन लागेको हो।
सहायक कोरीयोग्राफर एवम् कार्यक्रम संयोजकको रुपमा एलीसा    अधिकारीलाई अनुबन्धीत गरिएको पनि जानकारी प्राप्त भएको छ।

image

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal