eNepal

नवौंपटक सिरि ए युभेन्टसको पोल्टामा :-रोनाल्डो बने नायक

युभेन्टसले लगातार नवौंपटक इटालियन सिरी लिग फुटबलको उपाधि जितेको आज भएको लिगको ३६औं साताको खेलमायुभेन्टसले आफ्नो घरेलु मैदानमा पाहुना टोली साम्पडोरियालाई गोलअन्तरले हराउँदै नवौंपटक लिग च्याम्पियन बनेको हो युभेन्टसले लिगका अन्तिम खेल बाँकी छँदै उपाधि पोल्टामा पार्न सफल भयो

घरेलु मैदान एलिनाज रंगशालामा युभेन्टसलाई उपाधि जित दिलाउन क्रिस्टियानो रोनाल्डोे फेडरिको बर्नान्डेचीले गोल गरे रोनाल्डोलेपहिलो हाफमा इन्जुरी समयमा मिरेलाम पियानिचले चलाखीपूर्वक दिएको फ्रि किक पासमा शानदार गोल गरेका थिए

त्यसपछि खेलको ६७औं मिनेटमा बर्नान्डेचीले गोल गरे रोनाल्डोको शक्तिशाली प्रहार गोलकिपरबाट रिबाउन्ड भएको बलमाबर्नान्डेचीले सहजै गोल गरेका थिए त्यसपछि खेलको अन्तिम समयमा युभेन्टसले पेनाल्टी पाएको थियो तर, रोनाल्डोको पेनाल्टीप्रहार बारमा लागेर फर्किंदा उनले ३२औं लिग गोल गर्न पाएनन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal