eNepal

ईनास ग्लोबलको सेमीफाईनलमा पुगे अस्ट्रेलीयाबाट चार नेपाली

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) को आयोजनामा भइरहेको ईनास अन्तर्राष्ट्रिय अनलाईन गायन तथा नृत्य प्रतीयोगीता २०२० को क्वाटरफाइनल पार गरी सेमिफाइनल राउण्डमा अस्ट्रेलीयाबाट चार नेपाली छानिएका छन्।

गायन बिधामा अस्ट्रेलीयाबाट सम्भव भट्टराई र टिकाराम शर्मा छनौट भएका छन् भने नृत्य बिधामा सारकिस्था गर्भुजा पून र श्रृष्टी श्रेष्ठ सेमीफाईनल राउण्डको लागि छनौट भएका हुन्। 

क्वाटरफाईनल राउण्डमा गायन विधा तर्फ १२१ जना प्रतियोगी र नृत्य विधा तर्फ ६९ जना प्रतियोगीहरुले आफ्नो प्रस्तुति दिएका थिए त्यस मध्यबाट सेमिफाइनलमा दुवै विधाबाट ५० – ५० जना प्रतियोगीहरु सेमिफाइनल राउण्डका लागि छानिएका छन्।

हरेक विधामा तोकिएका निर्याणकज्यूहरुबाट प्राप्त कूल अंकलाई पचास प्रतिशत र तोकिएको समयावधि भित्र फेसबुकमा राखिएको भिडियोमा प्राप्त लाईक्सलाई पचास प्रतिशतमा परिणत गरि दुवै जोड्दा हुन आउने कूल अङ्कका आधारमा छनौट गरिएको छ। 

यस क्वाटरफाइनल चरण (महादेशीय चरण) बाट विभिन्न महादेशबाट नृत्य र गायन दुवै विधाका दश-दश प्रतियोगीहरु गरि कूल ५० प्रतियोगीहरु सेमीफाइनल (ग्लोबल चरण) मा छनौट गर्ने संस्थाको निर्णय बमोजिम छनौट प्रकृया अवलम्बन गरिएको भए पनि केहि महादेशबाट कम प्रतियोगीहरु सहभागी रहेको हुँदा प्राप्त कूल प्रतिशतको उच्चतम प्रतिशत प्राप्त गर्ने प्रतियोगीलाई समावेश गरि दुवै विधामा कूल पचास -पचास प्रतियोगीहरु सेमीफाइनल चरणमा छनौट गरिएको थियो। 

सेमीफाइनल चरणमा छानिनुहुने सम्पूर्ण प्रतियोगी कलाकारहरुले १ अगष्ट, २०२० भित्र सेमीफाईनल चरणको लागि नृत्य वा गायनको नयाँ भिडियो [email protected] मा पठाइसक्नु पर्नेछ भने भिडियो एक सटमा खिचिएको र सम्पादन नगरिएको हुनुपर्नेछ। 

गायन विधाका प्रतियोगीहरूले अनिवार्य रुपमा बाध्यबाधन बजाएर अथवा ट्रयाकमा गीत गाउनुपर्ने छ र गीत गाउदा माइक्रोफोन प्रयोग गरिएको हुनुहुने छैन। भिडियोको समायवाधि अन्य नियमहरु पूर्व प्रकाशित भएअनुसार नै हुनेछन।

यस प्रतीयोगीता ईनास डेनमार्कले आयोजना गरेको हो भने बिजयी हुने पहिलो, दोश्रो र तेश्रो प्रतीयोगीलाई क्रमश: पचास हजार, पच्चीस हजार र पन्ध्र हजारको साथ गीफ्ट हेम्परको व्यबस्था गरिएको छ।

सेमीफाईनल राउण्डमा पर्न सफल व्यक्तिहरु यस प्रकार छ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal