eNepal

अमिताभ बच्चन साथै छोरा अभिषेक बच्चन कोरोनाबाट मुत्त

काठमाडौं – दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ । यद्यपि, उनी अझैं एक–दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतीय सञ्चार माध्यमले बताएका छन् ।

अस्पतालसँग जोडिएको स्रोतले यसबारे जानकारी दिएको बुझिएको छ । अमिताभका छोरा अभिषेक बच्चनको सबै रिपोर्ट नेगेटिभ आएको छ । उनलाई बिहिबार बेलुकीसम्म डिस्चार्ज गरिने सम्भावना छ ।

बुधबार पुनः गरियो कोभिड परीक्षणः

७७ वर्षका अमिताभ र उनका ४४ वर्षीय छोरा अभिषेक बाहेक ४६ वर्षकी ऐश्वर्या राय र ८ वर्षकी आराध्या पनि कोरोना पोजेटिभ पाइएका थिए । उनीहरुको नानावटी अस्पतालमा उपचार चलिरहेको छ ।

बुधबार चारैजनाको कोभिड परीक्षण गरिएको थियो । अहिलेसम्म ऐश्वर्या र आराध्याको रिपोर्ट आइसकेको छैन ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal