eNepal

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै पछिल्ला पाँच दिनमा मात्रै १ लाख ९९ हजार १२७ जना संक्रमित भएका छन् । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।

कुल संक्रमित संख्या १२ लाख ३९ हजार पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २६६ संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍२५ हजार ५२८ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १ हजार १२० जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको २९ हजार ८९० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal