छ ।
विभागका अनुसार आज सोमबार पनि देशभरको मौसममा पूर्ण बदली रहनेछ । महाशाखाका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती पनि मौसम बदली यथावत् रहने र सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र महाकाली नदीमा उल्लेख्य बढ्ने तथा कोशीका केही सहायक बहाव सतर्कता आसपास हुने अनुमान गरिएको छ।
काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेको छ । विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक छ । बाढी पूर्वानुमान महाशाखाले नदी किनार र डुबान भईरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

