eNepal

साउन महिनामा उपवास एवम व्रत किन बस्ने

काठमाडौ -साउनमा व्रत एवं उपवास बस्ने भनेको भगवानलाई खुसी तुल्याउनका लागि मात्र होइन । वा आफ्नो मनोकांक्षा पुरा गराउन मात्र होइन । यी त आस्थाका कुरा भए । विज्ञानको कुरा अर्कै छ ।

भनिन्छ, वर्खायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । पानी लगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

हामीले देखे, सुनेकै कुरा हो, झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोगहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।

यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रति छौं । यतिबेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पूर्खाहरुले यसबेला खाद्य संकट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal