रियल मड्रिडले सिजन २०१९–२० अन्तर्गत स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । आज भएको लिगको ३७औं साताको खेलमाउसले भिल्लारियललाई २–१ गोलअन्तरले हराउँदै उपाधिमा बाजी मार्न सफल भएको हो । आफ्नो दोस्रो घरेलु मेदान अल्फ्रेडो डे स्टेफानोरंगशालामा भएको महत्त्वपूर्ण खेलमा रियललाई जिताउन फ्रेन्च फरवार्ड करिम बेन्जेमा नायक बने । रियलका लागि २ वटै गोल उनैले गरे। मार्को एसेन्सियोको १ गोल रद्द भएको थियो ।
आजै दोस्रो स्थानको बार्सिलोना आफ्नो घरेलु मैदानमा पाहुना टोली ओसासुनासँग १–२ ले पराजित हुँदा रियलले भने उपाधि पोल्टामापार्न सफल भयो । यससँगै रियलले समग्रमा ३४औं पटक ला लिगा उपाधि जित्न सफल भएको छ । उसले आफ्नो खास प्रतिस्पर्धीबार्सिलोनाभन्दा ८ पटक बढी लिग जित्न सफल भएको छ । यस सिजन रियलले अन्तिम खेल बाँकी छँदा बार्सिलोनालाई स्पष्ट ७ अंकलेपछि पारेर उपाधिमा नाम लेखाउन सफल भयो ।
आफ्नो घरमा रियलले २०१७ देखि पहिलो पटक ला -लिगा जितेको हो यो जित रियलको लागि एतिहासिक जित रहेको छ रियलले आज नै ठाउॅं ठाउॅंमा बिजय जुलुस निकाल्ले छ ।रियलले समर्थकहरु लाई धन्यबाध दिदै यो बर्ष शु:खद रहेको र अव हाम्रो ध्यान च्याम्पियन लिगको तयारिमा जाने बताएको छ ।

