eNepal

गुल्मी समाज भिक्टोरियाले निशुल्क तनाब र चिन्ता सम्बन्धी अनलाईन कक्षा सन्चालन गर्दै

कोभीड १९ को असर सबै क्षेत्रमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा परिरहेको सर्वबिधीतै छ। अझ बढि यसको असर नेपालीहरु विशेषगरी अध्ययनको शिलशिलामा अस्ट्रेलीया आएका विद्यार्थी भाइबहिनीहरु बढ्दो रुपमा देखिएको छ। 

कोभीड १९ को कारण धेरै बिधार्थीहरुले काम गुमाएको अवस्था छ भने कलेजको पढाई र फीको व्यबस्थापनको तनाब अर्को तिर छ। घर भाडाको चिन्ता एकातिर छ भने रासन कसरी पुर्याउने तनाब अर्को तिर छ। 

बिभीन्न सँघसँस्था र समुदाएबाट गार्हो र महामारी खेपीरहेका बिधार्थीहरुलाई थोरबहुत रासन दिएर राहत त मिलेको हुन्छ। रासनले केही दिन र हप्ता त धान्छ तर दिर्घकालीन रुपमा धान्न सक्दैन। अभाव र भविस्यप्रति अन्यौलता बढ्दै जाँदा उनीहरुमा तनाब र चिन्ता पनि बढ्दै गएको छ।

यहि कुरालाई मध्यनजर लगाउँदै stress र anxiety बाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा गुल्मी समाज भिक्टोरियाले १९ जुलाई आईतबार साँझ ७ बजे मोनास विश्वबिधालयका प्राध्यापक तथा काउन्सेलर रेमण्ड पेटरसनद्वारा निशुल्क अनलाईन कक्षा संचालन गर्ने भएको छ। 

आयोजक गुल्मी समाजले सबै बिधार्थीहरुलाई सहभागी भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरेको छ।थप जानकारीको लागि दिपक विश्वकर्मा 0433911259 मा सम्पर्क गरेर बुझ्न सक्नु हुनेछ। साथै भाग लिन ईच्छुक बिधार्थी भाईबहिनीहरुले तलको लिङ्मा गएर रजिस्ट्रेसन गर्नु होला।

https://docs.google.com/forms/d/e/1FAIpQLSfHd9rt6dBsHSOuVfE4iHatUUBZeoUEMvdlzSeFr15cARrztg/viewform

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal