eNepal

मेल्बोर्न टु नेपाल समाचार संक्षिप्तमा

अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको संख्या दश हजार नाघेको छ । बुधबार बिहानको जानकारी अनुसार भिक्टोरियामा २३८ नयाँ कोरोना भाईरस सङ्क्रमित भेटिएको छ।

भिक्टोरियामा गएको दुई दिनमा तीन जनाको मृत्यु भएको छ। गत हप्तामा प्रहरीले ५४६ उल्लंघनका सूचनाहरू जारी गरेको छ।

 दुई दिनमा ९० वर्ष नाघिसकेकी एक महिलाको मृत्यु भएसँगै कोरोनाभाइरसबाट मृत्यु हुने तीन पुगेको हो। उनको मृत्युँगै भिकटोरीया राज्यमा मृत्यु हुनेको संख्या २७  पुगेको छ।

पुलिसले गत हप्ता तेश्रो चरणको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा ५४६ जरिवाना जारी गरेको छ।

एक व्यक्तिलाई केएफसी रेष्टुरेन्ट छोड्न इन्कार गरेको कारण जरिवाना गरिएको छ भने दुई जना व्यक्ति पोकेमोन भिडियो गेम खेल्दै ड्राइभ गरेको कारण पक्राऊ परेका थिए।

भिक्टोरियामा कोरोना भाइरसको दोश्रो तरंग आएपछि मुख्य शहर मेलबर्न र मिचेल शायर लगायतका स्थानमा डेढ महिने लकडाउन जारी भएको एक हप्ता बितेको छ भने भिक्टोरियासँग अरु सबै राज्यहरुले भ्रमण प्रतिबन्ध लगाएका छन् ।

दैनिक तीन अंकको वृद्धि देखिएपछि भिक्टोरियाको सार्वजनिक स्वास्थ्यको निकै चिन्ता गरिएको छ र जनतालाई सरकारी आदेशहरू पालना गर्न अनुरोध समेत गरिएको छ ।

कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका थप एक सय ४९ जना नेपालीहरू हिजो नेपाल फर्किए

कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका थप एक सय ४९ जना नेपालीहरू हिजो नेपाल फर्किएका छन् । सिंगापुर एयरलाइन्समार्फत् सिड्नी, मेलवर्न र ब्रिसबेनहुँदै सेमी चार्टर्ड उडानमार्फत् उनीहरु नेपाल फर्किएका हुन्। नेपाली राजदूतावास क्यानबेराको समन्वय अनि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलको नेतृत्वमा गठित समितिको सहकार्यमा यो चाटर्ड फ्लाईट भएको थियो हो। सेमी चार्टर्ड उडान माफर्त नेपाल फर्कन  अस्ट्रेलियाबाट ६ सय यात्रुहरुले टिकट बुकिङका लागि नाम दर्ता गराएका थिए।

नेपाल सरकारले १२ जुलाई सम्म मात्र उद्धार उडान गर्न सकिने निर्णय गरेको थियो तर गैर आवासीय नेपाली संघको पहलमा सरकारले जुलाई १९ सम्म उद्धार उडान गर्न अनुमति दिएको थियो । अस्ट्रेलियाबाट उद्धारको पर्खाइमा रहेका बाँकी नेपालीलाई  १९ जुलाई अघि नेपाल फर्काउन पहलहरू भने भइरहेका छन् ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal