eNepal

आजको राशीफल

३१ असार २०७७

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। खर्चको जोहो गर्न आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हुलमुलमा जिउधन जोगाउन सजग रहनुहोला। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा पनि आँटेको काम नबन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र व्यायाममा ध्यान दिनुहोला। लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गे

अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यजनको सहयोगले तत्काललाई अन्योल टर्न सक्छ। रोकिएका काम भने दोहोर्याउनुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal