स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड उपाधि नजिक पुगेको छ । लिगको ३६औं चरणको खेलमा रियलले लिगको १०औं स्थानकोग्रानाडालाई उसैको घरेलु मैदानमा १–२ गालेअन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । यो जितपछि रियललाई अब उपाधि च्याम्पियनबन्न मात्रै एक जित आवश्यक छ । समान ३६–३६ खेलपछि दोस्रो स्थानको बार्सिलोना स्पष्ट ४ अंकले पछि परेको छ । रियल मड्रिडलेकोरोना भाइरसपछि लिग सुचारु भएयता ९ खेलमा ९ वटै खेल जितेर उपाधि नजिक पुगेको हो ।
ग्रानाडाको घरेलु मैदानमा भएको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा रियलले घरेलु टोलीविरुद्ध पहिलो हाफमा ०–२ को सहजअग्रता लिएको थियो । दोस्रो हाफमा ग्रानाडले १ गोल हान्न सफल भयो र खेल १-२ मा सकियो यो जित संगै रियल बार्सिलोन भन्दा ४ ॲंकले अगाडि रह्यो अब बाॅंकि खेल जम्मा दुइटा रहेको छ

