रियल म्याड्रिडलाई यो सिजन स्पेनिस ला लिगा च्याम्पियन बन्नका लागि अब ५ अंकको मात्र आवश्यकता छ । शुक्रबारातीअलाभेसलाई हराउन सकेको खण्डमा रियल उपाधिको एकदमै नजिक पुग्नेछ ।
रियलले ३ खेल खेल्न बाँकी छ । टोलीले अर्को खेल जितेमा अन्तिम दुई खेल बराबरी गर्दा पनि पुग्छ । वा ३ मध्ये २ खेल जितेर अर्कोखेल हारेको खण्डमा पनि रियल च्याम्पियन बन्न सक्दछ । सबै भन्दा खराब अबस्था भनेको टोलीले उपाधिका लागि अन्तिम खेल सम्मपनि कुर्नुपर्ने हुन सक्दछ ।
रियलको निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेको साविक विजेता बार्सिलोनाको ७९ अंक छ । १ खेल कम खेलेको रियल ८० अंक छ ।अबको खेल जित्न सकेको अवस्थामा रियलले बार्सिलोनासँगको अंक दुरीलाई पुनः ४ अंकमा पुर्याउने छ ।
खेल नेपालि समय अनुसार बिहान १:४५ बजे हुनेछ।आजको खेल जिते रियल उपाधि तर्फ उन्मूख हुनेछ।

