क्रिस्टियानो रोनाल्डोले टिम पछि परेको अवस्थामा गरेको २ पेनाल्टी गोलको मद्दतना युभेन्टस हारबाट बचेको छ । आइतबार बिहानभएको लिगको ३२औं खेलमा युभेन्टसले तेस्रो स्थानको एटलान्टासँग कठिन अवस्थाबाट २–२ को बराबरी नतिजा निकाल्दै घरेलु मैदानमा हार बाट बन्चित भयो।युभेन्टसका लागि २ वटै गोल रोनाल्डोले पेनाल्टीमार्फत् गरेका हुन् ।
एटलान्टाले भने दुई उत्कृष्ट गोल गरेको थियो ।१६ औ मिनेटमा फरवार्ड जापाट र ८० औ मिनेटमा मालिनोभष्कियाकोले गोल गरेका थिए । बराबरी सॅंगै एटलान्टा तेस्रो स्थान कायमै रह्यो।

