स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति तीन खेल हुँदैछन् । जसमा आज दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानकोएथ्लेटिको मड्रिडले पनि आ–आफ्नो खेल खेल्दैछन् । आज बार्सिलोनाले लिगको आफ्नो ३६औं खेल १४औं स्थानको भाल्लाडोलिडसँगउसैको घरेलु मैदानमा खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ११:४५ बजेबाट सुरु हुनेछ ।
हाल अंक तालिकामा बार्सिलोना ३५ खेलपछि ७६ अंक बनाएर दोस्रो स्थानमा छ । समान खेलपछि बार्सिलोना लिग लिडर रियलमड्रिडभन्दा स्पष्ट ४ अंकले पछि छ । यदि आज अवे मैदानमा भाल्लाडोलिडलाई हराउन सके बार्सिलोनाले रियलसँगको अंक दूरी पुनः १मै झार्नेछ, रियलले आफ्नो ३६औं खेल नखेल्दासम्म । तर, आज पराजित भए वा बराबरीमा रोकिए बार्सिलोनाले उपाधिलाई टाटा बाई–बाई गर्नेछ।
आजको खेल बार्सिलोनको लागि निकै महत्वपुर्ण हुनेछ।

