eNepal

स्याम नेपाली कल्याण कोषद्वारा १८० जना नेपाली विद्यार्थीलाई सहयोग, नयाँ प्याकेज ल्याउने तयारी

स्याम नेपाली कल्याण कोषले अहिलेसम्म १८० जना मेलवर्नका नेपाली विद्यार्थीलाई सहयोग गरेको छ । कोभिड-१९ यानिकी कोरोना संक्रमणको त्रास बढेसगैँ स्याम नेपाली कल्याण कोषले तीन महिना अघि अन्तराष्ट्रिय विद्यार्थीका निम्ती राहत प्याकेज सार्वजनिक गरेको थियो ।

मेल्वर्नमा रहेका नेपाली विद्यार्थीका निम्ती लक्क्षित गरेर निकालिएको सो प्याकेजमा सुरुवाती चरणमा $५००० को बजेट छुट्याईएको थियो तर एक महिना पछि त्यसलाई $७००० पुर्याईएको थियो । तीन महिनाको अन्तरालमा लगभग ४०० वटा म्यासेज र ईमेल प्राप्त भएका छन् । प्राप्त भएका ईमेल र म्यासेजलाई प्राथमिकता अनुसार विभाजन गरि विद्यार्थीलाई पहिलो दोस्रो, तेस्रो र चौथो चरणको सहयोग अन्तर्गत रकम प्रदान गरिएको हो । यसैगरि कोरोना संक्रमण पुष्टि भएको एक नेपाली जोडीलाई ईमेल मार्फत जानकारी पाए लगत्तै डलर ४०० सहयोग प्रदान गरिएको छ । स्याम नेपाली कल्याण कोषले राहत प्याकेज सार्वजनिक गर्दा धेरैजनाले रकम सहयोग दिनका र निम्ती सन्देश समेत पठाउनु भएको थियो । सोहि कुरालाई मनन गर्दै स्याम नेपालीले एकाउन्ट विवरण फ़ेसबुक पेजमा सार्वजनिक गरिएको थियो । सहयोग गर्न चाहे सो एकाउन्ट विवरणमा रक़म जम्मा गर्न सक्नुहुने जानकारी र प्रत्येक हिसाब पारदर्शी हुनुका साथै अभिलेख पनि राखिने बताइएको थियो। एउटै व्यक्तिलाई सहयोग नदोहोरियोस् भन्ने मनशायका कारण अभिलेख राख्न खोजीएको समाजसेवी स्याम नेपाली बताउछन् ।

एकाउन्ट सार्वजनिक गरेसँगै अहिलेसम्म $१९३७ सहयोग रकम उठेको छ । आजको दिनसम्मको अभिलेख अनुसार $९४०० रकम सहयोग स्वरूप वितरण भएको छ । सहयोग स्वरूप उठेको रकम र सहयोगीहरुको नामावली यस प्रकार छन् : एस् बी : $३०५ , स्मृति ढकाल : $१००, सुमन खड्का : $१०, शिव सुवेदी : $१०० , सलोनी: $५०,  सिजल : $६०, सुलभ : $५०,  अल्फ्ही : $५०,  सन्जू : $१००,  समिर : $२०,  शिषिर : $१००,  यशोदा : $५०,  नारायण: $५०,  रुविना: $४०, सम्वृद्धि रिजाल : $१००,  पिपि: $२००,  गोपी: $१००,  पुरुषोत्तम: $१५०,  गोपी:$२००,  अनुशिला: $१०० ।

विशेष गरि नेपाली विद्यार्थीका हरेक सुखदुखमा साथ र सहयोग दिदैँ आएका स्याम नेपालीले कोभिड-१९ को त्राससगैँ जागिर गुमाएका र दैनिकी चलाउन मुस्किल परेका नेपाली विद्यार्थी मारमा नपरुन् भन्ने लक्ष्य सहित सो राहत प्याकेज सार्वजनिक गरेका थिए । भिक्टोरिया स्टेट पुन: कोरोनाको दोस्रो छाल आएसँगै लकडाउनमा छ । दिनदिनै संक्रमितको संख्या बढ्दै गएकाले स्याम नेपाली कल्याण कोषले सहयोग स्वरूप नयाँ प्याकेज ल्याउने तयारी गर्दैछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal