फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार आगामी समर सिजनमा पूर्वक्लब बार्सिलोना फर्किने चर्चा सरुवा बजारमा छँदैछ ।बार्सिलोनाका कप्तान लिओनल मेस्सी, जेरार्ड पिकेसहितका खेलाडी आगामी समर सिजनमा कुनै पनि हालतमा नेइमार फर्काउनक्लबलाई लगातार दबाब दिइरहेका छन् । खास गरी मेस्सी नेइमार फर्काउनका लागि गत समरबाटै बोर्डमाथि लगातार दबाब बनाइरहेकाछन् ।
तर, बार्सिलोनाले भने नेइमार फर्काउने सम्भावना नरहेको स्पष्ट पारेको छ । क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले हालै एकअन्तर्वार्तामा कुरा गर्दै नेइमारको फिर्ती सम्भव नरहेको बताएका छन् । कोरोना भाइरसका कारण युरोपका ठूला क्लब अहिले आर्थिकसंकटमा फसेकाले कसैले पनि महँगो बजेटका खेलाडी भित्र्याउन नसक्ने बार्टोमउले बताए ।
‘केही यस्ता अपरेसन असम्भव छन् । किनभने, युरोपमा सबै क्लबहरूको अवस्था अहिले धेरै बिग्रेको छ । सबै आर्थिक संकटमा फसेकाछन्,’ स्पेनिस रेडियो आरएसीसँग कुरा गर्दै अध्यक्ष बार्टोमेउले भने, ‘हामी पनि यो समस्यामा छौं । हामी समर सिजनमा कसैका लागिपनि ठूलो पैसा खर्चिन गर्ने अवस्थामा छैनौं ।’
नेइमारको सरुवासँग सम्बन्धित रहेर सोधिएको प्रश्नमा उनले ठाडै नेइमारका लागि आफूहरूसँग कुनै तयारी र योजना नरहेको बताए ।‘नेइमारप्रति हाम्रो सम्मान छ । तर, हामीसँग उनका लागि कुनै योजना छैन । अर्थतन्त्र खराब भएका बेला हामी ठूलो बजेटका कोहीखेलाडीबारे सोचिरहेका छैनौं,’ बार्टोमेउले भने ।
नेइमार सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर पिएसजी गएका थिए । तर, उनी पेरिसमा असफल भएपिएसजी छाडेर बार्सिलोना फर्किन आतुर छन् । तर, बार्सिलोना उनलाई आगामी सिजन फर्काउने अवस्थामा नरहेपछि सम्भवतःनेइमारको बार्सिलोना फिर्ती अब सधैंका लागि असम्भव बन्नेछ ।

