जापान
टोकियोमा आज एकै दिन २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सॅंगै टोकियोमा मात्रै कोरोना संक्रमित हुनेको संख्या ७२७२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार जापानभरमा कोरोन संक्रमितको संख्या २० हजार कटेको छ भने १७ हजार ३ सय ३१ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।
जापानभरमा अहिलेसम्म कोरोना भाइरसको कारणले ९ सय ८२ जनाको मृत्यु भएको छ ।भने क्रुज पानीजहाजका यात्रुहरु सहितको संख्या ९ सय ९५ जना पुगेको छ ।
देशभर लगाइएको आपतकाल हटाइएलगत्तै टोकियो सहितका केही स्थानहरुमा संक्रमणको दर पुनः बढेकाले दोस्रो चरणमा संक्रमणफैलिने देखिएकाले सतर्क रहन अधिकारीहरुले बारम्बर अनुरोध गर्दै आइरहेका छन् ।
आज शुक्रबार टोक्यो लगाएता ठुला सहरहरुमा पनि संक्रमितको दर बढेको छ।

