जापान
आज राति सम्पन्न खेलमा बार्सिलोनाले इस्पायनोल बिरुद्द कठिन जित निकालेको छ । लिगको दोस्रो स्थानको बार्सिलोनाले ३५औं खेलमासबैभन्दा पुछार २०औं स्थानको सहरी प्रतिस्पर्धी इस्पानयोलविरुद्ध कमजोर प्रदर्शनका बावजुद १–० को स्पष्ट जित निकाल्न सफल भयो। बुधबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोली बाट १/१ रातो कार्ड पाएपछी दोस्रो हाफ सुरु हुनासाथ १० खेलाडीमा सीमितभएका थिए ।
अब यो जितपछि बार्सिलोनाले ३५ खेलबाट ७६ अंक जोडेको छ । उसले लिग लिडर रियल मड्रिडमाथि उपाधि होडमा दबाब कायमैराखेको छ । हालको अवस्थामा बार्सिलोना अब रियलभन्दा मात्रै १ अंकले पछि छ । तर, रियलले एक खेल कम खेलेको छ । भोलिरियलले आफ्नो खेल जिते बार्सिलोना पुनः ४ अंकले नै पछि पर्नेछ

