eNepal

भिनिसियस् जुनियर चम्किंदा रियल मड्रिट ला-लिगाको शिर्ष स्थानमा उक्लियो:-

 स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाअन्तर्गत घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई पराजित गर्दैलिग तालिकाको शीर्षस्थानमा उक्लिएको बुधबार रातिको खेलमा रियल ले विजयी रहयो

खेलको सातौं मिनेटमा नै मालोर्काका कप्तान तथा गोलरक्षक मानोलो रेइनाले एक मिनेटको अन्तरमा दुई उत्कृष्ट बचाउ गर्दै खेलबराबरीमा नै राखे करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र छातीले बल नियन्त्रण गर्दै गरेको प्रहार रेइनाले विफल पारेका थिए लगत्तै बेललेलामो दुरीबाट गरेको प्रहार पनि उनले बचाए

खेलको ११ औं मिनेटमा मालोर्काका इद्रिसा बाबाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले डाइभदिँदै विफल पारे

खेलको १९ औं मिनेटमा रियलले युवा विंगर भिनिसियस जुनियरको गोलमा अग्रता लियो लुका मोड्रीचले अफसाइड ट्रयाप बिट गरेरदिएको पासलाई भिनिसियसले यार्ड बक्स नजिकबाट गोलरक्षकको माथिबाट चिप गरेका थिए

२४ औं मिनेटमा भिनिसियस रियल म्याड्रिड व्यक्तिगत दोस्रो गोल गर्नबाट बन्चित रहे बेन्जेमाको थ्रु पासलाई भिनिसियसलेगोलरक्षकको माथिबाट चिप प्रहार गरेपनि बल क्रसबारमा लाग्दै फर्किएको थियो फर्केर आएको बललाई उनले डिफेन्डरसँग जुध्दैहेडरमार्फत गोल गर्न भने सकेनन्

२७ औं मिनेटमा इडेन हाजार्डको प्रहारले पोस्टको दिशा लिन सकेन ४२ औं मिनेटमा मोड्रीचको फ्रिकिकलाई गोलरक्षक रेइनाले पन्चगरेर खतरा टारे पहिलो हाफमा रियलले को अग्रता लिएको थियो

दोस्रो हाफको ५१ औं मिनेटमा भिनिसियसको थ्रु पासमा बेन्जेमाको प्रहारलाई गोलरक्षक रेइनाले दोस्रो प्रयासमा समाए तर त्यसकोकेहि मिनेटपछि नै रियलले अग्रता दोब्बर पार्यो कप्तान सर्जियो रामोसले फ्रिकिकमा सिधै गोल गर्दै रियललाई बलियो स्थितिमा पुर्याए रामोसले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार टप कर्नरमा गोल भएको थियो

६३ औं मिनेटमा टाकेफुसा कुबोले एकल प्रयासमा उत्कृष्ट मुभ बनाएपनि अन्त्यमा उनको प्रहारले पोस्टको बाहिरि भाग भेटेको थियो ८२औं मिनेटमा मालोर्काका यानिस सालिबुरको फ्रिकिकले पोस्टको दिशा लिन सकेन ९० औं मिनेटमा रियलका ब्राहिम डियाजकोप्रहारलाई रेइनाले डाइभ दिँदै बचाए

यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको रियल बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक रहेको हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा नै अड्केको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal