कोरोना भाइरसका कारण विश्व खेलकुदका सम्पूर्ण गतिविधि स्थगित हुँदा रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलोचोटका कारण विश्राममा थिए ।
कोरोनाका कारण झन्डै ३ महिना लिग स्थगित भएपछि गत साताबाट स्पेनिस लिग सुचारु भएको छ । सिजनको मध्यतिर खराब लयकाकारण लेफ्ट ब्याक भूमिकामा मार्सेलो र फर्लान्ड मेन्डीबीच निकै प्रतिस्पर्धा थियो । मार्सेलो घाइते भएसँगै मेन्डी जिदानको पहिलोरोजाईका खेलाडी बने ।
तर कोरोनाका कारण लिग फर्किएपछि भने मार्सेलोले गजबको प्रदर्शन गर्दै आएका छन् । जिदानले पहिलो खेलमा नै सुरुवाती रोजाईमाउतारेपछि रियल म्याड्रिडका उपकप्तान समेत रहेका मार्सेलोले सुरुवाती रोजाईमा आफ्नो स्थान पक्का गरेका छन् ।
एइबारविरुद्ध पहिलो खेलमा मार्सेलोले गोल गरेका थिए । त्यसपछि रियल सोसीडाडविरुद्ध खेलमा मार्सेलोले भिनिसियस जुनियरसँगमैदानको बायाँ भागमा उत्कृष्ट तालमेल देखाए । रक्षात्मक रुपमा सुदृढ मार्सेलोले आक्रामक भूमिकामा पनि रियलमा निकै सहयोगपुर्याएका छन् ।
कोरोनाअघि जिदानले मेन्डीलाई प्रमुख खेलमा मौका दिँदै उनी पहिलो रोजाईमा रहेको संकेत दिएका थिए । म्यानचेस्टर सिटी, एटलेटिको म्याड्रिड अनि बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा मेन्डीले नै सुरुवात गरेका थिए । तर पछिल्लो समय भने मार्सेलोखेल्दै आएका छन् ।

